Nepalese Flag २०७९ असार १३ गते सोमबार   |   June 27, 2022

फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउँदै ग्लोबल आइएमई बैंक

न्युज कारोबार काठमाडौं असार ९, २०७९       

jeewan-bima-jaruri-chha फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउँदै ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई उनीहरुको आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ । 

बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजना अन्तर्गत यो सुविधा ल्याएको हो । बैंक आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने योजना ल्याउने नेपालकै पहिलो वित्तीय संस्था हो ।

यस योजना अन्तर्गतको डेबिट कार्ड प्राप्त गर्न ग्राहकले ग्लोबल आइएमई बैंकको वेबसाइटमार्फत् अनलाइनबाट आवेदन दिनु पर्ने छ । कार्डप्रिन्ट गर्नुअघि ग्राहकले आफ्नो डिजाइन अनुसारको कार्डलाई भर्चुअल रूपमा हेर्न र आफूलाई मनपर्ने डिजाइन छनोट गर्न सक्नेछन् । ग्राहकहरुसँग वेबसाइटमा पूर्वडिजाइन गरिएका कार्डको विविधता छनोट गर्ने विभिन्न विकल्पहरु समेत उपलब्ध हुनेछन् ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजना सार्वजनिक गरेको हो । यस्ता नवीनतम् प्रविधिहरुको प्रयाग गर्दै बैंकले समय सापेक्षता अनुरुप ग्राहकलाई सुविधा दिँदै आएको जनाएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६२ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २८ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको बैंकले जनाएको छ ।

सम्बन्धित खबरहरु