मूल्यवृद्धि, मल अभाव लगायतका विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले अब आन्दोलन गर्ने भएको छ । असार १३ देखि ३१ गतेसम्म राप्रपाले सरकारविरुद्ध आन्दोलन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै धर्ना, कोणसभा र राँके जुलुस लगायतका कार्यक्रम तय गरेको हो ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार किसानको मागअनुसार रासायनिक मलको आपूर्ति हुन नसकेकाले असार १३ गते ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा धर्ना तथा कोणसभा र राँके जुलुस गर्ने राप्रपाको घोषणा छ ।