आमाबुबाको लागि आफ्ना सन्तान प्राण भन्दा पनि प्यारो हुन्छ । सन्ततिको सुनौलो र उज्वल भविष्यको चाहना सदैव आमाबुबाले राखेका हुन्छन् । उनीहरुको पालनपोषन, शिक्षादिक्षा, विवाह, ब्रतबन्ध आदि अविस्मरणीय रहोस् भन्ने इच्छा सबै अभिभावकको हुन्छ ।
छोराछोरीको विवाह अभिभावकको लागि एक अमुल्य क्षण हुन्छ । यसै क्षणलाई यादगार बनाउन कुश्मा निवासी मेनका रेग्मीले आफुले सानो सानो रुपमा बचत गरी जम्मा भएको रकमबाट आफ्ना छोरी ज्वाईंलाई उपहार स्वरुप जीवन बिमा गरीदिएकी छिन् ।
जीवनमा आइपर्न सक्ने जोखिम बहन र बचत पनि होस् भन्ने उद्देश्यले वैवाहिक जीवनको सुरुवात गरेका छोरी ज्वाईं, पुजा रेग्मी र सुझाब आचार्यको जीवन सुखमय होस भन्ने कामनासहित बिमा गरिदिएकी हुन् ।
सूर्यलाइफ कम्पनीको कुश्मा शाखाबाट जारी गरीएको उक्त बिमा योजना सूर्यलाइफका एजेन्सी विभाग प्रमुख, यज्ञबहादुर राउतले वैवाहिक समारोह मै गएर हस्तान्तरण गरेका हुन् । सूर्य सुरक्षित योजना र सूर्या सुरक्षा कवज सहितका यो योजनाले जीवनमा विपत्तिले निम्त्याउन सक्ने आर्थिक समस्याको भार न्यून गर्ने र जोखिम बहन पनि हुने हुदाँ सबैलाई जीवन बिमा गर्न मेनका रेग्मीले सुझाव दिएकी थिइन् ।