Nepalese Flag २०७९ असार १३ गते सोमबार   |   June 27, 2022

नेप्सेमा फेरि दाेहाेराे अंकको गिरावट, काराेबार रकम पनि खुम्चियाे

न्युज कारोबार काठमाडौं असार ८, २०७९       

jeewan-bima-jaruri-chha नेप्सेमा फेरि दाेहाेराे अंकको गिरावट, काराेबार रकम पनि खुम्चियाे

मंगलबार ३७ अंकले बढेको नेप्सेमा दोस्रो दिनमै दाेहाेराे अंककाे गिरावट आएकाे छ । आज बुधबार ३१.२१ अंकले नेप्से घटेकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से सूचक १८९३.५३ अंकमा झरेको हो ।

आज कारोबार रकमसमेत खस्केकाे छ । बुधबार सेयर बजारमा ८४ करोड ३७ लाखकाे काराेबार भएकाे छ । १३ वटै उपसूचक ऋणात्मक भएका छन् । आज डेभलपमेन्ट बैंक समूह २.७५ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूह २.४९ प्रतिशतले, फाइनान्स समूह २.६६ प्रतिशतले, निर्जीवन बिमा समूह १.९९ प्रतिशतले, जीवन बिमा समूह १.४५ प्रतिशतले, बैंकिङ समूह १.२१ प्रतिशतले घटेको छ ।

यस्तै, माइक्रोफाइनान्स समूह १.११ प्रतिशतले घटेकोमा म्यानु एण्ड प्रो समूह १.२३ प्रतिशतले, ट्रेडिङ समूह १.१ प्रतिशतले, होटल तथा पर्यटन समूह १.०१ प्रतिशतले, म्युचुअल फन्ड ०.८५ प्रतिशतले घटेको छ । अन्य समूह भने आज २.६६ प्रतिशतले घटेको छ । आज सबैभन्दा बढी ग्लोबल आइएमई समुन्नत सेमी-१ ले र आँधिखोला लघुवित्त वित्तीय संस्थाले समान १० प्रतिशतले कमाएका छन् । युनाइटेड आइडीआई मर्दी आरबी हाइड्रोपावरका सेयर धनीहरुले ६.४८ प्रतिशतले गुमाएका छन् ।

सम्बन्धित खबरहरु