Nepalese Flag २०७९ असार १३ गते सोमबार   |   June 27, 2022

रिलायन्स लाइफको ग्यारेन्टेड रिटर्न सहितको ‘मेरो सुनिश्चित प्रतिफल बिमा योजना’

न्युज कारोबार काठमाडौं असार ८, २०७९       

jeewan-bima-jaruri-chha रिलायन्स लाइफको ग्यारेन्टेड रिटर्न सहितको ‘मेरो सुनिश्चित प्रतिफल बिमा योजना’

रिलायन्स लाइफ इन्स्योरेन्सले ग्यारेन्टेड रिटर्नसहितको बिमालेख योजना ‘मेरो सुनिश्चित प्रतिफल बिमा योजना’ प्रचलनमा ल्याएको छ । सोमबार आयोजित एक समारोहबीच याेजना सार्वजनिक गरिएको हाे ।

यो बिमा योजना साेमबारदेखि नै प्रचलनमा ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताए । यो बिमा योजनाअन्तर्गत बिमितले आफ्नो आवश्यकताअनुसार बिमा शुल्क भुक्तानी गर्न सक्नेछन् । साथै सीमित समयको लागि बिमाशुल्क भुक्तानी गरी बिमालेख अवधिभर रक्षावरण पाउन सक्नेछन् । यो योजनामा अढाई गुणासम्म सुनिश्चित प्रतिफल दिने कम्पनीको दाबी छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको पहिलो उद्देश्य ‘उत्कृष्ट योजना र सेवा प्रदान गर्ने’ हो र सोहीअनुरूप ‘मेरो सुनिश्चित बिमा योजना’ नेपाली जीवन बिमा बजारमा अहिलेसम्मकै गुणस्तरीय र उत्कृष्ट प्रडक्ट ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए । यो बिमा योजनामा १६ वर्ष अवधिको बिमा लेखमा आधारभूत बिमा शुल्कको २ गुणा र २० वर्षको बिमालेखमा आधारभूत बिमाशुल्कको २.५ गुणा प्रतिफल ग्यारेन्टीका साथ पाइन्छ ।

यस बिमालेखमा अतिरिक्त सुविधाहरू लिन चाहने बिमितले अतिरिक्त शुल्क भुक्तानी गरी अतिरिक्त पुरक करार सुविधाहरू समेत लिन सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

बिमा योजनाको विशेषताहरू :

कम्पनीका अनुसार यो योजनाको १६ वर्षको बिमालेखमा आधारभूत बिमा शुल्कको दुई गुणा र २० वर्षको बिमालेखमा आधारभूत बिमा शुल्कको दुई दशमलव पाँच गुणा प्रतिफल ग्यारेन्टीका साथ पाइनेछ ।

अन्य बिमा गराउँदा बिमांक रकमअनुसार बिमा शुल्क तय हुन्छ भने यो बिमा योजनामा बिमितले आफ्नो इच्छाअनुरूप तय गरिएको बिमा शुल्कका आधारमा बिमांक रकम कायम गर्न सकिनेछ । बिमा अवधिभन्दा कम समय बिमा शुल्क भुक्तानी गरी ढुक्क हुन सकिन्छ भने बोनस कुन वर्ष कति भन्ने झन्झट लिनै पर्दैन ।

मृत्यु भएमा :

यो योजनामा यदि बिमा अवधि बाँकी रहँदै बिमितको मृत्यु भएमा बिमितले इच्छाइएको व्यक्तिलाई जम्मा भुक्तानी गरेको आधारभूत बिमा शुल्कको न्यूनतम २ गुणादेखि अधिकतम २.५ गुणासम्म रकम भुक्तान गरिनेछ ।

यो बिमा योजाना, १६ वर्ष देखि ४४ वर्ष उमेरसम्मको व्यक्तिले लिन सकिनेछ । यो बिमा समाप्ति उमेर ६० बर्ष हुनेछ । यो बिमा योजनामा बिमा अवधि १६ वर्ष र २० वर्ष हुनेछ । १६ वर्ष बिमा अवधिमा जम्मा ५ वर्षसम्म मात्र बिमा शुल्क तिरे पुग्ने र २० वर्ष अवधिमा जम्मा ७ वर्ष मात्र बिमा शुल्क तिरे पुग्नेछ । यो बिमा योजनाअन्तर्गत बिमा शुल्क भुक्तानी वार्षिक हुनेछ ।

अतिरिक्त सुविधा :

माथि उल्लेख गरिएको सुविधाहरूका अतिरिक्त यस बिमालेखमा न्युन थप बिमा शुल्क तिरेर अतिरिक्त पुरक करार सूविधाहरूमा दुर्घटना मृत्यु, पूर्ण स्थायी अशक्तता, बिमा शुल्क छुट, घातक रोगहरू विरुद्धको रक्षावरण सुविधाहरू पनि लिन पाइने कम्पनीले जनाएको छ ।

कर्जा सुविधा :

बिमितले यस बिमा योजनामा सहभागी भएको तीन वर्ष अवधि पूरा भइ ३ वर्षको बिमा शुल्क तिरी सकेपछि सो बिमालेख धितो राखी सर्मपण मूल्यको ९० प्रतिशतसम्म ऋण लिन पनि सक्नेछन् ।

योग्यता :

यो बिमा योजनामा सहभागी हुन न्यूनतम बिमा शुल्क २५ हजार रुपैयाँ रहेको छ भने अधिकतम बिमा शुल्क रकम भुक्तानी क्षमतामा निर्भर रहेनछ । न्यूनतम र अधिकतम बिमांक रकम भने बिमा शुल्कका आधारमा तय हुनेछ ।

उदाहरणका लागि यदि २५ वर्षको व्यक्तिले २० वर्षको बिमा अवधि राखि एक लाख रुपैयाँ वार्षिक बिमा शुल्क सात वर्षसम्म सात लाख तिर्छ भने १७ लाख ५० हजारबराबरको जोखिम बहन हुनेछ । बिमा परिपक्व भएपछि आधारभूत बिमा शुल्कको अढाई गुणा सुनिश्चित प्रतिफल १७ लाख ५० हजार प्रदान गरिनेछ ।

थप न्यून बिमा शुल्क १४ हजार आठ सय ४० तिरेर अतिरिक्त पूरक करार सुविधाहरू दुर्घटना मृत्यु, पूर्ण स्थायी अशक्तता, बिमाशुल्क छुट र घातक रोगहरूविरुद्धको रक्षावरण पनि लिन पाउनेछन् । यस योजनाले बिमितलाई उत्कृष्ट रिटर्न, त्यो पनि ग्यारेन्टीका साथ र उच्च रकमको रक्षावरणसमेत गर्ने भएकाले ग्राहकका लागि योजना अति आकर्षक रहने कम्पनीले विश्वास लिएको छ ।

सम्बन्धित खबरहरु