Nepalese Flag २०७९ असार १३ गते सोमबार   |   June 27, 2022

फेबर ब्राण्डकाे नयाँ स्टाेर जडिबुटीमा

न्युज कारोबार काठमाडौं असार ७, २०७९       

jeewan-bima-jaruri-chha फेबर ब्राण्डकाे नयाँ स्टाेर जडिबुटीमा

फेबर ब्राण्डले पेप्सीकाेलाकाे जडिबुटीमा नयाँ स्टाेर सञ्चालनमा ल्याएको छ । याे नयाँ स्टोर खोलेसँगै फेबर ब्राण्डसँग जम्माजम्मी नेपालमा ७ वटा प्लाटिनम स्टुडियाेकाे संख्या पुगेकाे छ ।

नेपालमा १५ वर्षयता फेबर ब्राण्ड सञ्चालनमा रहेकाे छ । विगत २ वर्षको अन्तरालमा फेबरले नेपालमा ६ वटा फेबर प्लाटिनम स्टुडियाे खोलेको छ । जसमध्ये ३ वटा काठमाडाैं उपत्यकामा छन् भने बाँकी विराटनगर, बिर्तामाेड र पाेखरामा रहेकाे छ ।

विश्व वजारमा ७ प्लाण्टसहित प्रमुख ६ देश इटाली, स्वीडेन, फ्रान्स, टर्की, अर्जेन्टिना र भारतमा समेत यसले उत्पादन गर्दै आएको छ । याे ब्राण्ड इटालीबाट सुरु भएकाे हाे । यसको मुख्य बजार निर्देशनालय अमेरिका र प्रतिनिधि कार्यालय रुसमा रहेको छ । बढ्दो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र चुनौतीलाई आत्मसाथ गर्दै सन २००५ मा फ्रांके ग्रुपसँग आवद्ध भई फेबर ब्राण्ड विश्वव्यापी किचन प्रणालीको अग्रणी कम्पनी बन्न सफल भएको दाबी गरिएकाे छ ।

नेपालका लागि फेबरको राष्ट्रिय प्रबन्धक गोपाल मेहताका अनुसार फेबर नेपालले आगामी २ महिनाभित्र थप २ वटा स्टोर नारायणगढ र वुटवलमा सञ्चालनमा ल्याउने छ । यसको नेपालमा भित्राउने यूएचएस हाेल्डिङस प्रालिले गर्दै आइरहेको छ ।

सम्बन्धित खबरहरु