सेयर बजारमा आज नेप्से ३७.४९ अंकले र 'क' वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ८.१८ अंकले बढेको छ । मंगलबार सेयर बजारमा २ सय ३१ कम्पनीका ३७ लाख कित्ता सेयर किनबेच भएका छन् ।
आज २४ हजार ९ सय ८३ पटकको खरिदबिक्रीबाट १ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको छ । कुल १३ वटै समूहका सूचकहरु आज बढेका छन् । ती समूहका मध्ये १ सय ८९ कम्पनीको सेयर बढेको छ भने ६ वटाको घटेको छ । आज आँधीखोला लघुवित्त, सीवाइसी लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् ।
गुमाउने लगानीकर्ताले आज २.९३ प्रतिशतसम्म घाटा व्यहोर्नुपरेको छ । आज पनि नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ ।