होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा मनसुन एक्सचेन्ज’ नामक उपहार योजना ल्याएको छ । प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ७ हजार रुपैयाँ सम्मको एक्सचेन्ज बोनस तथा ४ हजार रुपैयाँ सम्मको क्यासब्याक पनि हात पार्न सकिने कम्पनीले जनाएको छ ।
यस्तै फ्री चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ । योजना यही असार ५ देखि १० गतेसम्म मात्रै लागू हुनेछ । यस योजनाअन्तर्गत उपत्यका भित्रका ग्राहकहरूले मात्रै सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ ।
होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।