Nepalese Flag २०७९ असार १३ गते सोमबार   |   June 27, 2022

नाडाले दियो ‘कर, भन्सार तथा भिसिटियस’ सम्बन्धि प्रशिक्षण

न्युज कारोबार चितवन असार ७, २०७९       

jeewan-bima-jaruri-chha नाडाले दियो ‘कर, भन्सार तथा भिसिटियस’ सम्बन्धि प्रशिक्षण

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र चितवन अटोमोबाइल्स एसोसिएसन, प्रदेश ३ सँगको सहकार्यमा चितवनमा कर, भन्सार तथा भीसीटीएस सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

असार ४ गते भरतपुर, चितवनमा उक्त कार्यक्रम गरिएको नाडाले जनाएको छ । सो कार्यक्रमका प्रमुख अतिथि तथा नाडाका अध्यक्ष धुव्रबहादुर थापाले आर्थिक वर्ष २०७९/८० को बजेटले सवारी साधनको महशुलमा गरेको परिवर्तनले व्यवसायीहरुमा थप अन्यौल छाएको बताए ।

उनले देशमा विद्यमान तरलता अभावले व्यवसायीहरुले आफनो व्यवसाय सञ्चालन गर्न कठिन हुँदै गएकोमा चिन्ता व्यक्त गरे । अध्यक्ष थापाले विश्वमा विद्युतिय सवारी साधनहरुको प्रयोग अपरिहार्य भएकोले यसलाई व्यवस्थित गर्न सरकारले आवश्यक नीति नियमहरुको तर्जुमा गरेर थप रोजगारी सिर्जना गर्नुपर्ने बताए । 

सो क्रममा अध्यक्ष थापाले व्यवसायमैत्री नीति नियम ल्याउन सरकारलाई नाडाले दबाब दिँदै आएको परिप्रेक्षमा स्वच्छ व्यवसायको लागि समेत नाडाले आवाज उठाउँदै आएको बताए । सो कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, भरतपुरका प्रमुख घनश्याम पन्थी, वीरगञ्ज भन्सार कार्यालयका निर्देशक हरिहर पौडेल, राजस्व अनुसन्धान विभागका कम्प्युटर अधिकृत पवन बस्नेत तथा चार्टड एकाउण्टेन निकेट अग्रवालले आ-आफनो विषयमा केन्द्रित रही प्रशिक्षण दिएका थिए ।

उक्त प्रशिक्षण कार्यक्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्यसमिति सदस्यद्धय अनुप बराल, निलमणि पाठक, प्रकाश कपुरी तथा सोहन श्रेष्ठ समेतको उपस्थिति थियो ।

नाडाले गत जेठ २७ गते लुम्बिनी अटोमोवाइल्स एसोसिएसन अफ नेपाल, प्रदेश ४ को सहकार्यमा सोही प्रकारको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । नाडाले यही आसाढ मसान्तसम्म ७ वटै प्रदेशमा यस्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गर्दे जाने बताएको छ ।

सम्बन्धित खबरहरु