Nepalese Flag २०७९ असार १३ गते सोमबार   |   June 27, 2022

वाई सिरिजअन्तर्गत वाई-५५ स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा भिभो

न्युज कारोबार काठमाडौं असार ७, २०७९       

jeewan-bima-jaruri-chha वाई सिरिजअन्तर्गत वाई-५५ स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा भिभो

स्मार्टफोन ब्रान्ड भिभोले वाई सिरिजअन्तर्गत पछिल्लो संस्करण वाई-५५ यही असार ११ गते सार्वजनिक हुने घोषणा गरेको छ । यस उपकरणमा प्रयोगकर्ताहरूले अपेक्षा गर्न सक्ने केही विशेषताहरूको जानकारी पनि ब्रान्डले दिएको छ । यसको पूर्ववर्ती जस्तै, वाई-५५ पनि उच्च विशेषताहरु भएको एक सूलभ उपकरण हो ।

वाई-५५ भिभोको विश्वप्रसिद्ध फ्युचरिस्टिक तर सुरुचिपूर्ण डिजाइन भएको नवीनतम उपकरण हो । जसले प्रयोगकर्ताको हरेक माग पूरा गर्नेछ । यसलाई विशेष ब्याट्री शक्ति, क्यामेरा क्षमता र उच्च प्रदर्शनद्वारा प्रतिस्पर्धामा अगाडि रहन डिजाइन गरिएको छ ।

वाई-५५ मा ५००० एमएएच ब्याट्री रहेको छ र यसलाई दिनभर बिना कुनै पनि ब्याट्री समस्या चलाउन सकिन्छ । साथै, यस फोनमा ४४ वाट फ्ल्यासचार्ज पनि रहेको छ । उच्च कार्यसम्पादन र उत्कृष्ट विशेषताहरुको साथै लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरूका लागि यो नयाँ उपकरण उत्तम विकल्प हुनसक्छ ।

शक्तिशाली पर्फमेन्सका लागि वाई-५५ मा क्वालकम स्न्यापड्रेगन ६८० प्रोसेसर रहेको छ । यस प्रोसेसरले गर्दा यो उपकरणमा गेमिङ स्ट्रिमिङ वा काम गर्न समेत सहज, थप सुव्यवस्थित र छिटो हुन्छ । यसले बहुकार्यलाई सजिलो बनाउने कम्पनीको दाबी छ ।

सम्बन्धित खबरहरु