Nepalese Flag २०७९ असार १३ गते सोमबार   |   June 27, 2022

‘कबड्डी ४’ ले कति कमायो ?

न्युज कारोबार काठमाडौं असार ४, २०७९       

jeewan-bima-jaruri-chha ‘कबड्डी ४’ ले कति कमायो ?

प्रदर्शनको तेस्रो सातामा ‘कबड्डी ४’ले घरेलु बक्स अफिसमा सबै फिल्मले बनाएका चलचित्रको 'रेकर्ड ब्रेक' गरेको छ । यस अवधिमा ‘कबड्डी ४’ले २१ करोड ३७ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ । तेस्रो सातासम्म आक्रामक व्यापार गरेको यस फिल्मले तेस्रो सातापछि भने औसत कमाइ गरेको थियो ।

यसअघि दीपकराज गिरीको ‘छक्का पन्जा ३’ले काठमाडौं उपत्यकाबाट मात्रै ११ करोड ५८ लाख र उपत्यकाबाहिरबाट ९ करोड ७९ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियाे । रामबाबु गुरुङले निर्देशन गरेको ‘कबड्डी ४’ अस्ट्रेलिया, जापान र केही युरोपेली मुलुकका सिनेमा हलमा अहिले पनि प्रदर्शन भइरहेको छ ।

सम्बन्धित खबरहरु