Nepalese Flag २०७९ असार १३ गते सोमबार   |   June 27, 2022

रियलमीका दुई आकर्षक फोन सार्वजनिक : छिटो चार्ज हुने जिटी नियो ३, फ्लागिशिपमा जिटी २ प्रो

न्युज कारोबार काठमाडौं असार ४, २०७९       

jeewan-bima-jaruri-chha रियलमीका दुई आकर्षक फोन सार्वजनिक : छिटो चार्ज हुने जिटी नियो ३, फ्लागिशिपमा जिटी २ प्रो

स्मार्टफोन ब्रान्ड रियलमीले दुई रोमाञ्चक स्मार्टफोन सार्वजनिक गरेका छन् । छिटो चार्ज हुने स्मार्टफोन रियलमी जिटी नियो ३ सँगै सबैभन्दा प्रिमियम फ्लागशिप रियलमी जिटी २ प्रो पनि सार्वजनिक भएको छ ।

रियलमीले गत वर्ष सार्वजनिक भएको रियलमी जिटी नियो २ को सफलतापछि रियलमी जिटी ३ सार्वजनिक गरेको हो भने, जिटी २ प्रोले प्रयोगकर्ताहरुलाई उचित फ्लागशिपबाट नयाँपन दिइरहेको छ ।

कम्पनीका अनुसार जिटी नियो ३ विश्वको र नेपालको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन हो । १५० वाट अल्ट्रा डार्ट चार्जले मात्र ५ मिनेटमा ५० प्रतिशत चार्ज गर्छ । जिटी नियो ३ को साथसाथै, रियलमी जिटी २ प्रोले पेपर टेक डिजाइन र रियलमीको सुपर रियालिटी २ के अमोल्ड फ्ल्याट डिस्प्लेसँगै स्वतन्त्र डिस्प्ले चिप जस्ता उत्कृष्ट फिचर,  नविनता र उत्कृष्टता झल्काउँदै सार्वजनिक भएको छ ।

जिटी नियो ३ विश्वको र नेपालको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन हो । १५० वाट अल्ट्रा डार्ट चार्जले मात्र ५ मिनेटमा ०-५० चार्ज गर्छ । जिटी नियो ३ को साथसाथै, रियलमी जिटी २ प्रोेले पेपर टेक डिजाइन र रियलमीको सुपर रियालिटी २ के अमोल्ड फ्ल्याट डिस्प्लेसँगै स्वतन्त्र डिस्प्ले चिप जस्ता उत्कृष्ट फिचर, नविनता र उत्कृष्टता झल्काउँदै सार्वजनिक भएको छ ।

सम्बन्धित खबरहरु