Nepalese Flag २०७९ असार १३ गते सोमबार   |   June 27, 2022

शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगन

न्युज कारोबार काठमाडौं असार ३, २०७९       

jeewan-bima-jaruri-chha शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगन

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमलाई स्थगित गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले शनिबार सूचना जारी गर्दै सरकारको स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रमवापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम स्थगित गर्नुपरेको बताएका छन् ।

'यस अस्पतालबाट सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बिमितको उपचार सेवा गरेवापतको रकम स्वास्थ्य बिमा बोर्डले उपलब्ध नगराएकाले असार १५ गतेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरिएको छ,' सूचनामा भनिएको छ । अस्पतालले २०७७ साल मंसिरदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो ।

सम्बन्धित खबरहरु