Nepalese Flag २०७९ असार १३ गते सोमबार   |   June 27, 2022

पहिरोमा परी घाइते भएकाको हेलिकोप्टरबाट उद्धार

न्युज कारोबार ताप्लेजुङ असार ३, २०७९       

jeewan-bima-jaruri-chha पहिरोमा परी घाइते भएकाको हेलिकोप्टरबाट उद्धार

गएराति ताप्लेजुङको सिरिजंगा गाउँपालिका–७ खेवाङको तेम्फुमा गएको पहिरामा परी गम्भीर घाइते ३५ वर्षीय विष्णु अधिकारीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ ।

जिल्ला सुरक्षा समितिको समन्वय र जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको आग्रहमा गृह मन्त्रालयमार्फत घाइते अधिकारीको उद्धार गरी सदरमुकाम फुङ्लिङ ल्याई पुर्‍याएको जिल्ला प्रहारी कार्यालयले जनाएको छ । 

पोखरेलले भने, ‘अहिले  हेलिकप्टरमार्फत् नेपाली सेनाको भीमकाली गुल्मको ब्यारेकमा ल्याएर जिल्ला अस्पतालका चिकित्सकले उपचार गर्दैछन्, थप उपचारका लागि विराटनगरको कोसी अस्पताल पठाउने तयारी भइरहेको छ ।’ पहिरामा परी ५८ वर्षीया तुलसा अधिकारी र ३३ वर्षीया यशोदा अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख कैलाश राईले जानकारी दिए ।

सम्बन्धित खबरहरु