Nepalese Flag २०७९ असार १३ गते सोमबार   |   June 27, 2022

प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड ८३ लाख (पूर्णपाठ)

न्युज कारोबार विराटनगर असार १, २०७९       

jeewan-bima-jaruri-chha प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड ८३ लाख (पूर्णपाठ)

प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को निर्धारित नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आगामी आर्थिक वर्षको बजेट पेस गरेका हुन् ।

कुल विनियोजनमध्ये स्थानीय तहमा वित्तीय हस्तान्तरण ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान फिर्ता २ अर्ब रुपैयाँ रहेको छ । आगामी आर्थिक वर्षको खर्च बेहोर्ने स्रोततर्फ प्रदेश सरकारको आन्तरिक राजश्वमध्ये ४ अर्ब ९८ करोड ४५ लाख, राजश्वकाे बाँडफाँटबाट ११ अर्ब ८८ करोड २१ लाख, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, ससर्तबाट ८ अर्ब ६९ करोड, समपूरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख रुपैयाँ गरी राजश्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३५ अर्ब ९६ करोड ६० लाख रुपैयाँ खर्च बेहोरिने मन्त्री आङ्बोले जनाएका छन् । बाँकी अपुग रकममध्ये नगदबाट ३ अर्ब ५५ करोड र वैदेशिक २५ करोड ६८ लाख रुपैयाँ बेहोरिने मन्त्री आङ्बोले बताए ।

राजश्व परिचालन नीति र करका दरहरू निर्धारण गर्दा कराधार संरक्षण गरी करको दायरा विस्तार गर्ने, कर परिपालना र सहभागिता वृद्धि गर्ने, राजश्व चुहावट नियन्त्रण गर्ने, प्रविधिमा आधारित संरचना तय गर्ने र सरोकारवालाको प्राप्त सुझावलाई आधार बनाएर कार्यान्वयन गर्ने मन्त्री आङ्बोले बताए । मन्त्री आङ्बोले प्रदेश सरकारले आन्तरिक आम्दानी बढाउन विशेष ध्यान दिने जनाए । प्रदेश सरकारले कोराेनाको असर र रुस तथा युक्रेन युद्धका कारण वित्तीय क्षेत्रका अुनमान फरक परेकोले प्रदेश योजना आयोगमार्फत अध्ययन गराउने मन्त्री आङ्बोले घोषणा गरेका छन् ।

बजेटकाे पूर्णपाठ :

सम्बन्धित खबरहरु