Nepalese Flag २०७९ असार १३ गते सोमबार   |   June 27, 2022

उदयपुरको गाईघाटमा डिशहोम फाइबरनेट विस्तार 

न्युज कारोबार काठमाडौं जेठ ३०, २०७९       

jeewan-bima-jaruri-chha उदयपुरको गाईघाटमा डिशहोम फाइबरनेट विस्तार 

डिशहोम फाइबरनेटले उदयपुरको गाईघाटमा सेवा विस्तार गरेको छ । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको डिशहोमले गाईघाटमा आफ्नो सेवा विस्तार गरेको हो ।

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौँडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, वीरगञ्ज ,धरान, जनकपुर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, विर्तामोड, दमक, विराटनगर, नेपालगञ्ज, धनगढीमा, सुर्खेत, ब्रह्मदेव, आमडाँगी, लामाचौर, पावर हाउस, हरिवनसहित अन्य मुख्य स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेकोे छ ।

समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल उदयपुरको गाईघाटमा सुरुवात भएको छ र छिट्टै नेपालका अन्य स्थानमा पनि पुग्ने कम्पनीले जनाएको छ ।

हाल उदयपुरको त्रियुगा नगरपालिकाको वडा म्बर ८, ९, १०, ११ र १२ मा पर्ने राजावास, खाट मन्दिर, गैरुण, रात्तमाटे, वोक्से, करमगाछी, शिवालय टोल, संगम टोल, साकेला टोल, गाइघाट बजार, पुरानो गाईघाट, सोनापुर र बसपार्क क्षेत्रहरुमा डिशहोमको फाइबरनेट उपलब्ध छ ।

अब  त्रियुगा नगरपालिकाको वडा नम्बर ३, ४, ५, ६, ७ र ८ पनि विस्तार गरिने डिशहोमले जनाएको छ ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, डिशहोमका ग्राहकहरुका लागी डिश टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरू, निःशुल्क डिशहोम गो एप र एक्सभीओडी जस्ता विभिन्न सुविधाहरू उपलब्ध छन् ।फाइबरनेटका योजनाहरू १० एमबीपीएसदेखि ६०० एमबीपीएससम्म उपलब्ध छन् ।

डिशहोम फाइबरनेटले आफ्नो ग्राहकहरुका लागि अहिले मात्र  ६९९ प्रतिमहिना पर्ने ५० एमबीपीएस र  ८९९ प्रतिमहिना पर्ने १०० एमबीपीएस को इन्टरनेटसहित डीटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ ।

यो गजबको प्याकेज अफरमा फाइफजी, डुअल ब्यान्ड राउटर पनि रहेको छ । एक वर्षको जडान गर्ने ग्राहकहरुले भने यो राउटर सित्तैमा पाउने डिशहोमले जनाएको छ । 
 

सम्बन्धित खबरहरु