गृहपृष्ठ अमेरिकासँग नेपालकाे नाटकीय बराबरी
अमेरिकासँग नेपालकाे नाटकीय बराबरी
आईसीसी विश्वकप लिग – २ त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले अन्तिम दुई बलमा दुई विकेट लिएपछि अमेरिकासँगकाे खेल नाटकीय रुपमा बराबरीमा सकिएकाे छ । दुवैले समान २७४ रन बनाएपछि खेल टाइ भयाे र १-१ अंक जाेडे ।
ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २७४ रन बनाएको थियो । जवाफमा स्टेभेन टेलरले शतक प्रहार गरे पनि अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन नै बनायो ।
अन्तिम ओभरमा अमेरिकालाई जितका लागि ६ रन चाहिएकाे थियाे । नेपालमा आदिल अन्सारीले बलिङ गरेकाे उक्त ओभरमा सबैखाले नाटक देखियाे । सुरुआती तीन बलमा अमेरिकाले एक/एक रन जाेड्याे ।
चाैथाे बल नाे बल भएपछि अमेरिकाले नाे बलमा एक रन जाेड्दै रन बराबरी गर्दै जित नजिक पुगेकाे थियाे ।
प्रकाशित समय : १२:३३ बजे