nmb bank

गृहपृष्ठ टेलिकमले थाल्यो एनटीटीभी एपको परीक्षण, नि:शुल्क टीभी च्यानल हेर्न सकिने

टेलिकमले थाल्यो एनटीटीभी एपको परीक्षण, नि:शुल्क टीभी च्यानल हेर्न सकिने

टेलिकमले थाल्यो एनटीटीभी एपको परीक्षण, नि:शुल्क टीभी च्यानल हेर्न सकिने

नेपाल टेलिकमले चौबीसै घण्टा विभिन्न प्रकारका फ्रि टु एयर टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने सुविधा भएको ‘एनटीटीभी’ एपको परीक्षण सुरु गरेको छ । सो एप यही जेठ २४ गतेबाट परीक्षणको रुपमा एन्ड्रोइडको प्ले स्टोर तथा एप्पलको एप स्टोरमा उपलब्ध गराइएको हाे ।

उक्त एपमार्फत एन्ड्रोइड र आइओएसका मोबाइलहरुमा उपलब्ध रहेका सम्पूर्ण नेपाली टेलिभिजन च्यानलहरु लगायत अन्य विभिन्न टेलिभिजन च्यानलहरु प्रत्यक्ष हेर्न सकिने कम्पनीले जनाएको छ । यसका लागि नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताहरुले गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरमार्फत ‘एनटीटीभी’ एप डाउनलोड गर्नुपर्छ । यसलगत्तै एपमा आफ्नो मोबाइल नम्बर र ओटीपी कोड राखेपछि सो एप प्रयोग गर्न सकिन्छ ।

यसपछि आफूलाई मन परेको च्यानल जुनसुकै डाटा प्याक तथा वाइफाइमार्फत सहजै हेर्न सकिन्छ । एपमा भएका च्यानलहरु हेरेबापत हाल छुट्टै शुल्क तिर्नु नपर्ने कम्पनीले जनाएकाे छ ।

प्रकाशित समय : १८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु