Nepalese Flag २०७९ असार १३ गते सोमबार   |   June 27, 2022

दाङमा रोकी राखेको ट्रकमा बस ठोक्किँदा ८ जना घाइते

न्युज कारोबार दाङ जेठ २५, २०७९       

jeewan-bima-jaruri-chha दाङमा रोकी राखेको ट्रकमा बस ठोक्किँदा ८ जना घाइते

दाङको राप्ती गाउँपालिका–८ बिजौरीस्थित पूर्व–पश्चिम राजमार्गमा आज रोकी राखेको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा बसमा सवार ८ जना घाइते भएका छन् । 

आज बिहान पौने ९ बजे चेक जाँचका लागि रोकी राखेको लु२ख ९२८० नम्बरको ट्रकमा काठमाडौँबाट घोराही जाँदै गरेको ना६ख ४१५० नम्बरको बस ठोक्किएको हो । 

दुर्घटनामा घाइते भएकामध्ये तुल्सीपुर उपमहानगरपालिका–११ की मिरा चौधरी र बबई गाउँपालिका–५ का २३ वर्षीय ताराबहादुर विश्वकर्मा गम्भीर घाइते भएका हुन् । 

घाइतेहरुको राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । दुवै सवारी साधनका चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

सम्बन्धित खबरहरु