कर्णाली प्रदेश सरकारले जलविद्युत् आयोजनामा सेयर लगानी गर्ने नीति सार्वजनिक गरेको छ ।
मंगलबार प्रस्तुत नीति तथा कार्यक्रममार्फत विद्युत् उत्पादनलाई प्रोत्साहन गर्न प्रदेश सरकारले सेयर बजारमा सेयर लगानी गर्न लागेको हो ।
‘कर्णाली प्रदेशमा निर्माण हुने जगदुल्ला जलविद्युत् आयोजनालगायतका ठुलठुला जलविद्युत् आयोजनामा प्रदेश सरकारको तर्फबाट सेयर लगानी गरिने छ,’ कर्णाली सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, ‘जाजरकोटको ताक्सुगाडलगायत प्रदेशभित्रका २० मेगावटसम्मका जलविद्युत आयोजनाको सम्भाव्यता र आवश्यकताको विश्लेषण आधारमा निर्माण गर्न संघीय सरकारसँग समन्वय र सहकार्य गरिने छ ।’
प्रदेश सरकारले अन्य जलविद्युत् आयोजना निर्माणमा पनि निजी क्षेत्रसँग सहकार्य गरी प्रोत्साहनको नीति लिएको छ ।