Nepalese Flag २०७९ असार १३ गते सोमबार   |   June 27, 2022

सहिदनगर नगरपालिका–९ का वडा सदस्य पक्राउ

न्युज कारोबार काठमाडौं जेठ १७, २०७९       

jeewan-bima-jaruri-chha सहिदनगर नगरपालिका–९ का वडा सदस्य पक्राउ

ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेको आरोपमा धनुषा प्रहरीले एक जना वडा सदस्यलाई पक्राउ गरेको छ । 

ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेको जनाउँदै प्रहरीले धनुषाको सहिदनगर नगरपालिका–९ को वडा सदस्यमा हालै निर्वाचित राजेश बिराजीलाई पक्राउ गरेको हो ।
    
कार्यपालिका सदस्य छनोट गर्नका लागि मतदान गर्न आएको बेला नेकपा (माओवादी केन्द्र)बाट वडा सदस्यमा निर्वाचित बिराजीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । 

पक्राउ परेका बिराजीमाथि थप अनुसन्धान भइरहेको प्रनाउ क्षेत्रीले बताए । बिराजीलाई आजै जिल्ला अदालतमा पेस गरिने छ । 

सम्बन्धित खबरहरु