Nepalese Flag २०७९ असार १३ गते सोमबार   |   June 27, 2022

जिम्मेवारी पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री केसी

न्युज कारोबार लुम्बिनी जेठ १५, २०७९       

jeewan-bima-jaruri-chha जिम्मेवारी पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ ले दिएको जिम्मेवारी पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

उनले नेपालको संविधान २०७२ अनुसार प्रदेश सरकारलाई संघ र स्थानीय तहको संयोजनको  भूमिका निर्वाहमा प्रदेश सरकार कटिबद्ध रहेको बताए । प्रदेश सरकारको आयोजनामा आज बुटवलमा आयोजित गणतन्त्र दिवस २०७९ विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले सार्वभौम नेपाली जनताले अधिकार प्राप्त गरेको जेठ १५ एउटा युगान्तकारी परिवर्तन र ऐतिहासिक घटनाक्रमको रुपमा युगौंयुगसम्म रहने बताए ।

उनले संविधानमा भएको व्यवस्था बमोजिमका मौलिक हकका विषय शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, खानेपानी, सरसफाइ, वातावरण संरक्षणलगायत आधारभूत अधिकारलाई व्यवहारिकरूपमा कार्यान्वयन गर्दै नागरिकको जीवनस्तर फेर्ने गरी काम गर्न जरुरी रहेको बताए ।

मुख्यमन्त्री केसीले गणतन्त्र नेपालको स्थापना नेपालीको महत्वपूर्ण त्याग, तपस्या र बलिदानबाट मात्रै सम्भव भएको र सबैको मेहनत, योगदानबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो र मजबुत बनाउँदै लैजानुमा हामी सबै प्रदेशवासीको कर्तव्य र अधिकार रहेको बताए। वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लङ्गिकलगायत सबै प्रकारको विभेद र उत्पीडन अन्त्य गर्न प्रदेश सरकार योजनागत कार्यक्रम लिएर अगाडि बढेको उनले बताए । 

मुख्यमन्त्री केसीले गणतन्त्रलाई जनताको जनजीविकाको उत्तम प्रणालीको रुपमा विकास गर्दै लैजानुपर्ने उल्लेख गर्दै गणतन्त्रात्मक व्यवस्था एउटा गतिशील सुशासन कायम भएको व्यवस्था भएकाले यसलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए ।

सम्बन्धित खबरहरु