Nepalese Flag २०७९ असार १३ गते सोमबार   |   June 27, 2022

कर्णाली प्रदेश प्रमुखद्वारा आर्थिक विधेयक प्रमाणीकरण

न्युज कारोबार सुर्खेत जेठ १२, २०७९       

jeewan-bima-jaruri-chha कर्णाली प्रदेश प्रमुखद्वारा आर्थिक विधेयक प्रमाणीकरण

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेकाे र्नुभएको उक्त विधेयक अब ऐनमा परिणत भएको छ ।

कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको तेस्रो बैठकबाट ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ पारित भएको थियो । उक्त विधेयक उनले जेठ ११ गते नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरी जारी गरेकाे कर्णाली प्रदेश प्रमुखको कार्यालय, सुर्खेतका निमित्त सचिव भीमराज थानीले जानकारी दिए ।

यससँगै कर्णालीमा ३८ विधेयक प्रमाणीकरण भएका छन् ।

सम्बन्धित खबरहरु