Nepalese Flag २०७९ असार १३ गते सोमबार   |   June 27, 2022

लुम्बनीमा देउवा-मोदी, मायादेवीमा पूजापछि गरे बिहार शिलान्यास

न्युज कारोबार लुम्बिनी जेठ २, २०७९       

jeewan-bima-jaruri-chha लुम्बनीमा देउवा-मोदी, मायादेवीमा पूजापछि गरे बिहार शिलान्यास

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणमा छन् । सोमबार बिहान १० बजेर ४० मिनेटमा भारतीय वायु सेनाको हेलिकप्टरबाट लुम्बिनीमा उत्रिएका मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरुले स्वागत गरेका थिए ।

लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्र अगाडि तयार पारिएको हेलिप्याडमै पुगेर प्रधानमन्त्री र मन्त्रीहरुले मोदीलाई स्वागत गरेका थिए ।

पहेलो कुर्ता पहिरिएका मोदीले हेलिकप्टरबाट उत्रिए लगत्तै सञ्चारकर्मी र उपस्थित व्यक्तिलाई हात उठाएर अभिवादन गरे । स्वागतमा सहभागी गृहमन्त्री बालकृष्ण खाँणले मोदीलाई उद्धृत गर्दै उनले पहिलो पटक लुम्बिनी आउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

साथै दुई मुलुकका प्रधानमन्त्रीले भेटको क्रममा संयुक्त रुपमा विश्व शान्तिको कामना गर्ने बताएका थिए । लुम्बिनीमा उत्रिएलगत्तै प्रधानमन्त्री देउवा र मोदी मायादेवी मन्दिरमा पूजाका लागि प्रस्थान गरेका थिए । मायादेवी मन्दिरमा दुवै प्रधानमन्त्रीले एकैसाथ शान्ति पूजा गरेका थिए । प्रधानमन्त्री मोदीले मायादेवी मन्दिर परिसरमा हुर्किरहेको बोधी बृक्षमा जल सिञ्चन गरेका थिए ।

सम्बन्धित खबरहरु