गृहपृष्ठ राष्ट्रिय सभाका १९ सदस्यले आज शपथ लिँदै
राष्ट्रिय सभाका १९ सदस्यले आज शपथ लिँदै

राष्ट्रिय सभाका नयाँ निर्वाचित १९ जना सदस्यहरुको आज शपथ ग्रहण लिँदैछन् । बिहान ११ बजे सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा राष्ट्रिय सभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रम राखिएको छ ।
राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट ५, नेकपा एकीकृत समाजवादीबाट ५, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट एक–एक जना सदस्य निर्वाचित भएका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना सदस्य मनोनित हुन बाँकी छ ।
गत माघ १२ मा १९ सिटका लागि भएको राष्ट्रिय सभा निर्वाचन भएको थियो । शुक्रबारमात्रै पदावधि सकिएका २० जना विदाई भएका छन् ।
निर्वाचित सदस्यहरू ः
जयन्ती देवी राई- नेकपा एकीकृत समाजवादी
सोनाम गेल्जेन शेर्पा- नेकपा एमाले
गोपालकुमार बस्नेत- नेपाली कांग्रेस
उर्मिला अर्याल- नेकपा माओवादी केन्द्र
महमद खालिद- जसपा, नेपाल
गोमादेवी तिमिल्सिना- नेकपा एकीकृत समाजवादी
कृष्णप्रसाद पौडेल- नेपाली कांग्रेस
कमला पन्त- नेपाली कांग्रेस
भुवनबहादुर सुनार- नेकपा माओवादी केन्द्र
सुरेश आलेमगर- नेकपा माओवादी केन्द्र
राजेन्द्र लक्ष्मी गैरे- नेकपा एकीकृत समाजवादी
तुलप्रसाद विश्वकर्मा- राजमो
युवराज शर्मा- नेपाली कांग्रेस
दुर्गा गुरुङ- नेपाली कांग्रेस
नरबहादुर विष्ट- नेकपा माओवादी केन्द्र
उदयबहादुर बोहोरा- नेकपा एकीकृत समाजवादी
मदनकुमारी शाह (गरिमा)- नेकपा एकीकृत समाजवादी
जगतबहादुर पार्की- नेकपा माओवादी केन्द्र
नारायणदत्त मिश्र- नेपाली कांग्रेस
प्रकाशित समय : १५:२९ बजे