Nepalese Flag २०७९ असार १३ गते सोमबार   |   June 27, 2022

'अपर अरुण विश्वकै कम क्षति हुने र सस्तो आयोजना हो'

इ. फणिन्द्र जोशी काठमाडौं फागुन ५, २०७८       

jeewan-bima-jaruri-chha 'अपर अरुण विश्वकै कम क्षति हुने र सस्तो आयोजना हो'

२०७३ सालमा अपर अरुण जलविद्युत आयोजना मन्त्रिपरिषद बैठकबाट निर्णय भएर कम्पनी दर्ता भएको आयोजना हो । यस आयोजनालाई सन् २०१६ मा अध्ययन गरी अगाडि बढाउने निर्णय भएको थियो । यसको डिजाइन चिनियाँ इन्जिनियरले गरेका हुन् । यो आयोजना संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर २ र ४ मा पर्छ । गोला छाङराङमा पावर हाउस र ड्यामसाइड चेपुवामा बस्छ । १०६१ मेगावाटको लाइसेन्स नेपाल विद्युत प्राधिकरणसँग छ । ड्याम १ सय मिटर उचाइको हुने र ६ किलोमिटर लामो बन्ने छ । यो सित्तलपाटी सबस्टेसनमा जोडिने छ र राष्ट्रिय प्रसारण लाइनमा पठाइने छ । यसका लागि कोशी राजमार्ग बन्नुपर्छ ।

वातावरणीय अध्ययन भएर यसलाई स्वीकृतिको लागि वन मन्त्रालयमा पठाइएको छ । सामाजिक अध्ययन २०२२ भित्र सक्ने तयारी छ । पब्लिक हेयरिङ आगामी डिसेम्बरमा हुन्छ । इएनएस स्टडी २०२२ मार्चमा सकिएला भन्ने छ । एपीपीएफएस स्वतन्त्र रुपमा दिने सहमति हुन्छ । ईएसएफ गाइडलाइन यो सहमति स्थानीयले दिएपछि मात्र प्रोजेक्ट अगाडि बढ्छ, नत्र बढ्न सक्दैन । अध्ययनमा विश्व बैंकको लगानी छ । २०२२ जनवरीमा इन्जिनियर नियुक्त गरी सक्नुपर्छ भन्ने हो । तर, अहिले हेर्दा सम्भव देखिँदैन । अगष्ट २०२३ मा सबै डकुमेन्ट तयार पार्ने भन्ने छ । २०२४ जनवरीमा सुरु गरेर २०३० वा २०३१ मा सम्पन्न गरी सक्ने भनेपछि ७-८ वर्षमा आयोजना निर्माण पूरा गर्ने लक्ष्य हो । यसको प्रारम्भमा डेढ खर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।

यो आयोजना विश्वकै कम क्षति व्योहोर्‍नु पर्ने आयोजना र सस्तो आयोजना हो । यस आयोजनाबाट २२ घरधुरीमात्र पूर्ण रुपमा विस्थापित हुनेछन् । ३ सय १३ घरधुरी आर्थिक रुपमा प्रभावित हुने अनुमान छ । ‘नेपालको पानी, जनताको लगानी’ मोडलमा बन्नुपर्छ भन्ने सरकारको मान्यता छ । वातवरणीय प्रभाव अत्यन्त कम पर्ने भएकाले यो आयोजनामा सबैको नजर परेको हो । ६० अर्ब नेपाल सरकारले जुटाइदिनु पर्‍यो । नागरिक लगानी कोष, सञ्चयकोष, सामाजिक कोष, जिल्लावासी, प्रदेश नम्बर १, विद्युत प्राधिकरण लगानी गर्ने विभिन्न संस्थाबाट लगानी जुट्न सक्छ । यस आयोजनाबाट साढे ४ अर्ब मेगावाट विद्युत निस्कन्छ । जिल्लावासीलाई छुटमा बिजुली दिन सकिन्छ । यसलाई जनताको लगानीमा हामीले समावेश गरिसकेका छौं । अब जनता आफैँ जागरुक भएर आफ्नै लगानीमा बनाउन सक्छन् ।

जनताको लगानी भएपछि लाभ दिन सकिएन भने के काम ? त्यसैले जनता नै प्रमुख हुन् । यसमा लगानीकर्ताको पनि महत्वपूर्ण हात हुन्छ । यस आयोजनाले साढे ४५ करोडभन्दा बढी वार्षिक आम्दानी दिन्छ । विकास र प्रतिफल स्थानीय सरकारलाई २५ प्रतिशत दिने प्रावधान छ । यो बजेट आयोजनास्थलको गाउँपालिकामा सिधै जान्छ । प्रोजेक्ट बनेर उत्पादन भएपछि स्थानीयको माग अनुसारका कार्यक्रम लागू गरिन्छ । विस्थापितलाई नयाँ घरका लागि बजेट दिने र अहिलेको मापदण्डअनुसार भूकम्प प्रतिरोधात्मक घर बनाउने योजना छ ।

स्थानीय वासिन्दाले हिजोभन्दा राम्रो भयो भन्ने सोच्नु पर्दछ । मुआब्जा जुवा खेलेर सक्नुभएन । सधैँ आम्दानी दिने क्षेत्रमा लगानी हुनुपर्छ । आयोजना अवधिभर योग्यता अनुसारको जागिर र रोजगारी दिनु पर्दछ । जनशक्ति उत्पादन गर्न तालिम दिने गरिन्छ । स्थानीय जनताको क्रयशक्ति बढ्ने, सडक पुग्ने र झण्डै ५ हजार बढीले रोजगारी पाउनेछन् । व्यक्तिगत रुपमा हैन, सामाजिक रुपमा र सामाजिक हितका लागि स्थानीयवासीले उपयुक्त माग गर्न सक्नेछन् । मागअनुसार स्कुल, सभाहल, खेलमैदान निर्माणमा आयोजनाले प्रतिवद्धता गर्छ ।

गाउँमा अन्यत्रबाट मानिस जाँदा भिडभाड बढ्ने भएकाले साँघुरो र असहज महसुस हुनसक्छ । विभिन्न क्षेत्रका मानिस पुग्ने भएकाले रोगव्याधि पनि फैलिन सक्छ । यसका साथै केही सामाजिक विचलन पनि हुनसक्छ ।

(लेखक जाेशी अपर अरुण आयोजनाका प्रवन्ध सञ्चालक हुन् ।)

सम्बन्धित खबरहरु