nmb bank

गृहपृष्ठ नबिल बैंकले ल्यायो ‘नयाँ लुगा’ नामको सन्देशमूलक दसैं भिडियो

नबिल बैंकले ल्यायो ‘नयाँ लुगा’ नामको सन्देशमूलक दसैं भिडियो

नबिल बैंकले ल्यायो ‘नयाँ लुगा’ नामको सन्देशमूलक दसैं भिडियो

नबिल बैंकले गत वर्ष तयार पारेको दसैं भिडियोको अपार सफलतापश्चात् यो वर्ष पनि 'नयाँ लुगा' नामक दसैंको भिडियो सार्वजनिक गरेको छ । यस नयाँ भिडियो नेपालीहरुको महान चाड दसैं मनाउन सहरमा बसोबास गर्ने र दसैं मनाउन गाउँ फर्कने कथामा आधारित छ ।

यो कथा आम नेपालीहरुको आत्मकथा पनि भएको बैंकले जनाइएको छ । भिडियोमा एक जना बाबा सहरमा जागिर गर्दछन । घरबाट छोरीको फोन आउँदछ, दसैंमा नयाँ कपडा ल्याइदिनु भनेर ।उनी छोरी एवं श्रीमतीको खुशीका निम्ती दसैं किनमेल गरेर गाउँ फर्किन्छन् । फर्किदा, बाटो बिग्रेर जाममा पर्दछ तर परिवारको माया अनि खुशीको लागि उनी रात भरी हिंडेर गाउ पुग्दछन् । यो कथालाई भिडियोमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ । घर पुग्दा छोरी, आमा अनि छोरीको साथीसमेत सबै जना खुशी भई दसैं मनाउने तयारी गर्दछन र अब जागिर खान सहर जाने होइन गाउँमा नै केही गर्नु पर्दछ भन्ने सन्देश पनि भिडियोले दिएको छ ।

यसैगरी दसैंको यस भिडियोले सकभर दसैंमा आफ्नो परिवारसँग भेटी सुरक्षित साथ खुशी साटासाट गरैं भन्ने सन्देश सरल ढंगले दिएको छ । जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने बैंकले अपेक्षा लिएको छ । भिडियो हेर्नको लागि युट्युब : https://youtu.be/p8zsDtiJwDY, फेसबुक :https://fb.watch/8ypXHXNZVl/  र इन्स्टाग्राम: https://www.instagram.com/tv/CUxS6wZhiES/?utm_source=ig_web_copy_link मा गएर हेर्न सकिने बैंकले जनाइएको छ ।

 

 

प्रकाशित समय : १४:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु