nmb bank

गृहपृष्ठ साधना लघुवित्तको ९३औं शाखा काठमाडौमा

साधना लघुवित्तको ९३औं शाखा काठमाडौमा

साधना लघुवित्तको ९३औं शाखा काठमाडौमा

साधना लघुवित्त वित्तीय संस्थाले आफ्नो ९३ औं शाखा काठमाडौं उपत्यककाको नागार्जुन नगरपालिका वडा नं. ०१, रानीवन प्लानिङमा सञ्चालनमा ल्याएको छ । शनिबारका दिन नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रामजी रेग्मीले सो शाखाको उद्घाटन गरे ।

नयाँ शाखा सञ्चालनमा आएसँगै वित्तीय संस्थाले काठमाडौं उपत्यककाबाट पनि आफ्नो वित्तीय सेवा प्रदान गर्ने भएका छन् । वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १.३१५७८९५ प्रतिशत गरी जम्मा २६.३१५७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न यही कात्तिक १३ गते पाँचौ वार्षिक साधारण सभासमेत डाकेको छ ।

राष्ट्रिय स्तरको यस साधना लघुवित्तले यसै वर्ष १४ वटा शाखा सञ्चालानमा ल्याएको छ । देशैभर शाखा सञ्जाल, दक्ष वित्तीय व्यवस्थापन समूह दक्ष कर्मचारीहरुमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।    
 
 

प्रकाशित समय : १७:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु