nmb bank

गृहपृष्ठ राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न खेल संघहरूलाई मन्त्री गुरुङको आग्रह

राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न खेल संघहरूलाई मन्त्री गुरुङको आग्रह

राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न खेल संघहरूलाई मन्त्री गुरुङको आग्रह

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले गण्डकी प्रदेशमा यसै वर्ष आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न खेल संघहरूलाई आग्रह गरेका छन् ।

कास्की जिल्ला बक्सिङ संघको नवनिर्वाचित पदाधिकारीको आज पदस्थापन कार्यक्रममा उनले राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले खेल संघहरुको तयारीका लागि बजेट विनियोजन गरेकाले तयारी सुरु गर्न आग्रह गरे । प्रदेश सरकारले तयारीका लागि ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको मन्त्री गुरुङले जानकारी दिए ।

नवौं राष्ट्रिय खेलकुद यही वर्ष आगामी फागुनमा आयोजना गर्ने योजना राष्ट्रिय खेलकुद परिषद्को छ । गत वर्ष फागुन अन्तिम साता प्रतियोगिताको मिति तोकिएकामा कोभिड-१९ का कारण स्थगन गरिएको थियो । खेलकुदमन्त्री गुरुङले खेलकुदभित्र राजनीतिकरण गर्न नहुनेमा जोड दिए । उनले भने, 'खेलकुदभित्र राजनीतिकरण हुनुहुँदैन, सबै अट्नुपर्दछ ।' प्रदेशका सबै जिल्लामा फुटबलबाहेक अन्य खेलको अवस्था दयनीय भएको उल्लेख गर्दै अन्य खेलको विकास गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित समय : ०२:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु