nmb bank

गृहपृष्ठ मोरिस ग्यारेजले अल न्यू हेक्टर शाइन २०२१ एसयुभीको लागि बुकिङ खोल्दै

मोरिस ग्यारेजले अल न्यू हेक्टर शाइन २०२१ एसयुभीको लागि बुकिङ खोल्दै

मोरिस ग्यारेजले अल न्यू हेक्टर शाइन २०२१ एसयुभीको लागि बुकिङ खोल्दै

एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्राइभेट लिमिटेडले हेक्टर २०२१ शाइन भेरियन्टको बुकिङ औपचारिक रुपमा सुरू गरेको छ । भारतीय बजारमा लन्च भएपछि यसले सनसनी मच्चाएको थियो । अब हेक्टर नेपाली बजारमा यसको मूल्य खण्डमा भित्रिन तयार भएको छ ।

हेक्टर १.५ लिटर टर्बो चार्ज्ड इन्टरकूल इन्जिनको साथ आउदँछ र यो दुबै एमटी र सीवीटी भेरियन्टमा उपलब्ध रहने कम्पनीले जनाइएको छ । यो विकसित एसयूभी अल-न्यू बोल्ड फ्रन्ट क्रोम ग्रिल, एलईडी हेडल्याम्प, स्टाइलिश आर १७ सिल्वर एलोइ, इलेक्ट्रिक सनरूफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किंङ ब्रेक र अन्य थुप्रै सुविधाहरुका साथ उपलब्ध हुनेछ जसले यसको शैली र कार्यक्षमतालाई एक शक्तिशाली रूप दिनेछ । आराम र सुविधाको कुरा आउँदा, हेक्टर २०२१ सधैँ अग्र स्थानमा आउँदछ । यो स्टनिंग २६.४ सेन्टिमिटरको एचडी टचस्क्रिन एभीएन प्रणालीको साथ आउँदछ जसले ग्राहकको आफ्नो हरेक यात्राको पललाई आरामदायक बनाउने पक्का गर्दछ ।

एमजी हेक्टर एक विकसित एसयूवी कार हो जसले आफ्नो क्षेत्रमा नयाँ बेंचमार्क स्थापित गरेको छ । यो गाडी २५+ सुरक्षाका सुविधाहरुका साथ इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम, ट्याक्सन कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, रियर वाइपर र वाशर, रियर डिफोगर, फ्रन्ट फग ल्याम्प र गति चेतावनी एलर्टसहित उपलब्ध रहेको छ । यो गाडी हभाना ग्रे, क्यान्डी व्हाइट, स्टारी ब्ल्याक र अरोरा सिल्वर जस्ता विभिन्न सेड्सहरुमा उपलब्ध हुने कम्पनीले जनाइएको छ ।

प्रकाशित समय : १९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु