Nepalese Flag २०७८ असोज ३० गते शनिबार   |   October 16, 2021

टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु, स्थानीयले जलाए टिपर  

दिपेन्द्र सिंह धनुषा असोज १०, २०७८       

टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु, स्थानीयले जलाए टिपर  

जनकपुर ढल्केवर सडक खण्डअन्तर्गत पिडारीचोकमा टिपरको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । जनकपुरबाट ढल्केबरतर्फ जादै गरेको ना. ७ ख ४७४८ नम्बरको टिपर विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलसहित चालक भारतीय नागरिक आनन्द किशोर दास टिपरको चक्कामा किचिएका हुन् ।

गम्भीर घाइते आनन्दको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । टिपरले ठक्कर दिएपछि मोटरसाइकल चालकको मृत्यु भएको आक्रोशमा स्थानीयहरुले टिपरमा आगजनी गरेका छन् । आगजनीबाट टिपर जलेर नष्ट भएको छ । स्थानीयले टिपरमा आगजनी गरेपछि वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

सम्बन्धित खबरहरु