Nepalese Flag २०७८ असोज ३० गते शनिबार   |   October 16, 2021

‘प्रयास’ को अवलोकन गर्न ईयूको टोली सुर्खेतमा

सीता वली सुर्खेत असोज १०, २०७८       

‘प्रयास’ को अवलोकन गर्न ईयूको टोली सुर्खेतमा

‘समाबेँसी सुशासन र उत्थानशील समुदाय निर्माणका लागि हामो प्रयास’ भन्ने मूल नाराका साथ ‘समाबेँसी उत्थानशीलता र जवाफदेहिता प्रवर्द्धनका लागि युवा सञ्जाल सुदृढीकरण परियोजना (प्रयास)को अवस्था अवलोकनका लागि ईयूका प्रतिनिधि सुर्खेत आएका छन् ।

राष्ट्रिय स्वयंसेवक समूह, मिडिया स्वयंसेवक समूह र युवा अभियन्ता समूह गरी तीनवटा विभिन्न समूहले वीरेन्द्रनगर, लेकबेँसी र भेरीगंगा नगरपालिकाको विपद् जोखिम, जलवायु परिवर्तन र युवा संस्थाको अवस्थाको परिवेश, उनीहरुको भूमिका र आगामी योजनाका बारे विभिन्न समूहले इयूको टोलीसँग आफ्नो धारणा राखेका थिए ।

विपद् जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित करिब दुई वर्षदेखि युरोपियन युनियनको सहयोगमा भीएसओ नेपाल, अकोराब, आयोन र एफएससी नेपालको समन्वयमा सुर्खेतका विभिन्न तीन वटा पालिकामा प्रयास परियोजना लागू भएको छ । ईयूका कर्णालीमा विभिन्न खालका ३० वटा परियोजना लागू भएको ईयूका प्रतिनिधिले जानकारी दिएका थिए । उनीहरुले सबैसँग समन्वय गर्दै मिडियासँग पनि नजिक रहेर काम गरिरहेको बताए ।

विभिन्न परियोजनाका कामहरुमा मिडियाले समन्वय गरिरहेको बताउँदै उनीहरुले जलवायु परिवर्तनका बारेमा धेरैलाई थाहा नभएकाले समुदायको आवश्यकतालाई मध्यनजर गरेर मिडियाले समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनीहरुले देशको राजनीतिक अवस्था र नेतृत्वका बारेमा समेत चासो राखेका थिए । साथै कर्णाली प्रदेशको अवस्थाका बारेमा चासो राखेका थिए ।

ईयूका प्रतिनिधिहरुमा युरोपियन युनियनका प्रतिनिधि स्टेफान डेभिड, मार्को गेभेर, फिनल्याण्ड एम्बेसीका प्रतिनिधि यारी लाउका, लोत्ता माकेला, चुडामणि जोशी, जर्मन एम्बेसीका प्रतिनिधि स्टेफान रस र जीआइजेडका प्रतिनिधि मगाली मान्देर र सन्तोषकुमार पौडेलको उपस्थिति रहेको थियो । कार्यक्रममा भीएसओ परियोजनाका हंशराज जोशी र पुजा श्रेष्ठले कार्यक्रमको सहजीकरण गरेका थिए ।

सम्बन्धित खबरहरु