Nepalese Flag २०७८ असोज ३० गते शनिबार   |   October 16, 2021

डोटीका सबै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न

न्युज कारोबार काठमाडौं असोज १०, २०७८       

डोटीका सबै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न

सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत डोटीका नौवटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएका छन् । शनिबार र आज सम्पन्न भएका यहाँका पालिकाका अधिवेशनमा सात पालिकामा सर्वसम्मत पदाधिकारी चयन भएका छन् भने दुईवटा पालिका बडिकेदार तथा बोगटान फुड्सिल गाउँपालिकामा निर्वाचन भएको छ । जसअनुसार दिपायल सिलगढी नगरपालिकामा गणेशबहादुर मलासी, शिखर नगरपालिकामा हर्कबहादुर बोगटी, पूर्वीचौकी गाउँपालिकामा बलबहादुर खड्का, सायल गाउँपालिकामा तेजराज ओझा र आदर्श गाउँपालिकामा चन्द्रनाथ ओझा सभापति रहेका छन् ।

केआइसिंह गाउँपालिमा अर्जुनबहादुर बलायर, जोरायल गाउँपालिकामा मोहनराज मल्ल, बडिकेदार गाउँपालिकामा करुणाकर जोशी तथा आज भएको निर्वाचनबाट बोगटान फुड्सिल गाउँपालिकामा खडकसिंह बोहरा विजयी भएका छन् । जोशी वीरेन्द्र कोड्केनीलाई पराजित गरी मतदानबाट विजयी भएका हुन् भने बोहरा बोगटान फुडसिल गाउँपालिकामा शेरबहादुर बम र चक्र केसीलाई पराविजत गरी विजयी भएको कांग्रेस जिल्ला निर्वाचन समितिले जनाएको छ ।

नौवटै पालिकामा सौर्हादपूर्ण वातावरणमा अधिवेशन सम्पन्न भएको कांग्रेस जिल्ला सभापति प्रदीपकुमार देउवाले बताए । उनले भने, 'सौहार्दपूर्ण वातावरणमा अधिवेशन सम्पन्न भएका छन् ।,' यसअघि जिल्लाका ६५ वडामध्ये ६२ वडामा सर्वसम्मत नेतृत्व चयन भएको थियो । जिल्लाका सायल गाउँपालिका वडा नं १ र ५ तथा जोरायल गाउँपालिका–३ मा वडामा निर्वाचन भएको थियो ।

सम्बन्धित खबरहरु