Nepalese Flag २०७८ असोज ३० गते शनिबार   |   October 16, 2021

थप ७३० जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

न्युज कारोबार काठमाडौं असोज १०, २०७८       

थप ७३० जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु


नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ५८९ जनामा पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १०४ जनामा संक्रमण देखा परेको छ । आज देशभर पीसीआर र एन्टिजेन गरी ८३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर मात्रै ७ लाख ९१ हजार ३९२ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट हालसम्म ११ हजार ९६ जनाले ज्यान गुमाएका छन् । आज देशभर १ हजार २७९ जना निको भएका छन् । यससँगै नेपालमा हालसम्म ७ लाख ६१ हजार १५४ जना कोरोनामुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १४२ जना रहेका छन् । जसमध्ये १७ हजार ८१३ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३२९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३६८ जना आईसीयू र १२० जना भेन्टिलेटरमा उपचाररत् छन् । त्यस्तै २३० जना क्वारेन्टिनमा छन् ।
 

सम्बन्धित खबरहरु