Nepalese Flag २०७८ असोज ३० गते शनिबार   |   October 16, 2021

नेप्सेमा भारी गिरावट, साढे ६ अर्बको कारोबार

न्युज कारोबार काठमाडौं असोज १०, २०७८       

नेप्सेमा भारी गिरावट, साढे ६ अर्बको कारोबार

साताको पहिलो दिन आइतबार सेयर बजार रताम्य देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ६१.२७ अंकले घटेर दुई हजार ७५८.४८ अंकमा झरेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.७० अंकले घटेर ५१९.३६ अंकमा झरेको छ ।

आज २३३ कम्पनीको एक करोड ४४ लाख ९४ हजार २६० कित्ता सेयर किनबेच भएको छ । उक्त सेयर ६ अर्ब ५० करोड एक लाख १७ हजार ७६० रुपैयाँमा खरिद विक्री भएको नेप्सेले जनाएको छ ।

नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये सामुहिक लगानी कोषबाहेक सबै उपसमूहको सेयर ओरालो लागेको छ भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर भने आज १० प्रतिशतले बढेको छ ।

सम्बन्धित खबरहरु