Nepalese Flag २०७८ असोज ३० गते शनिबार   |   October 16, 2021

१०५ अंकले बढ्यो नेप्से, १३ कम्पनीको कारोबारमा सर्किट

न्युज कारोबार काठमाडौं असोज ६, २०७८       

१०५ अंकले बढ्यो नेप्से, १३ कम्पनीको कारोबारमा सर्किट

बुधबार सेयर बजारमा हरियाली देखिएको छ । साताको पहिलो दिन सोमबार भारी अंकले गिरावट भएको सेयर बजार मंगलबार केही सुधार भएको थियो भने बुधबार उच्च अंकले बढेको छ ।

सेयर बजार कारोबार मापक नेप्से परिसूचक १०४.८८ अंकले बढेर दुई हजार ८१६.९५ अंकमा प्रवेश गरेको छ भने ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १९.४७ अंकले बढेर ५२८.१० अंकमा प्रवेश गरेको छ । आज २१७ कम्पनीको कारोबार भएको छ । सो कम्पनीको एक करोड २१ लाख २२ हजार २९८ कित्ता सेयर ६ अर्ब १७ करोड ९३ लाख १५८ रुपैयाँ मूल्यको किनबेच भएको नेप्सेले जनाएको छ ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ उपसमूहमध्ये आजै सबै समूहको सेयर कारोबारमा सुधार भएको छ । बैंकिङ ६०.९२, व्यापार १३२.६७, होटल तथा पर्यटन १३६.९, विकास बैंक ३८१.४२, जलविद्युत १६९.४४, वित्त २०७.९३, निर्जीवन बिमा ४४१.८७, उत्पादनमुलकअन्तर्गतको सेयर १८२.३१ अंकले वृद्धि भएको छ । त्यस्तै अन्य समूहको ४१.७३, लघुवित्त १७०.७३, जीवन बिमा ५५१.७५, सामुहिक लगानी कोष ०.२२ र लगानी समूहअन्तर्गको सेयर ३.८९ अंकले वृद्धि भएको छ ।

आज १३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने दर्जनौं कम्पनीको सेयर सर्किटको लेभलमा पुगेका छन् । आज सबैभन्दा बढी अरुणभ्याली हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको २३ करोड ३४ लाख ८५ हजार ५११ रुपैयाँमा तीन लाख ७० हजार ८३३ कित्ता किनबेच भएको छ ।

सम्बन्धित खबरहरु