Nepalese Flag २०७८ असोज ३० गते शनिबार   |   October 16, 2021

बंगलादेशमा ५० लाख कोरोना विरुद्धको चिनियाँ खोप पुग्यो

न्युज कारोबार काठमाडौं असोज ३, २०७८       

बंगलादेशमा ५० लाख कोरोना विरुद्धको चिनियाँ खोप पुग्यो

बंगलादेशमा चीनमा निर्मित कोरोनाविरुद्धको थप ५० लाख खोप लगिएको छ । सो खोप शनिबार बंगलादेश पुगेको बताइएको छ । चिनियाँ कम्पनी सिनोफार्मद्वारा निर्माण गरिएको सो खोप चीनको सहयोगमा बंगलादेश पुगेको बताइएको हो । बंगलादेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता मैदुल इस्लाम प्रोधानले सो कुराको जानकारी दिए ।

प्रवक्ता मैदुलले भने, 'शनिबार बंगलादेशको राष्ट्रिय एयरलाइन्स् विमान बंगलाबाट अपराह्न २ बजे ५० लाख डोज खोप बंगलादेश आइपुगेको छ । चीन सरकारसँग भएको महामारी विरुद्धको लडाइँमा सहयोगस्वरुप बंगलादेशले सो खोप प्राप्त गरेको हो । चीन सरकारले बंगलादेशलाई यसअघि पनि खोप सहयोग गरेको थियो । बंगलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म बगलादेशले चीनबाट करिब २ करोड ५० खोप सहयोग गरेको छ । यो सबै चीनले अनुदान स्वरुप बंगलादेशलाई उपलब्ध गराएको खोप भएको पनि बताइएको छ । (एजेन्सी)

सम्बन्धित खबरहरु