गृहपृष्ठ विश्वका १४ अग्ला हिमाल : सर्वप्रथम कसले र कहिले चढे ?
विश्वका १४ अग्ला हिमाल : सर्वप्रथम कसले र कहिले चढे ?
हाल विश्वमा मान्यताप्राप्त आठहजार मिटरभन्दा अग्ला हिमाल १४ वटा रहेका छन् । त्यसो त निकट भविश्यमै विश्वको मानचित्रमा आठहजार मिटरभन्दा माथिका अरु ६ वटा हिमाल थप हुँदैछन् । सौभाग्यवश थपिने ती ६ वटै आठ हजार मिटरभन्दा माथिका हिमाल नेपालमा रहेका छन् ।
जे होस्, विश्वकै अग्ला (आठ हजारभन्दा माथिका) १४ वटा हिमचुचुराहरु कुन देशमा वा कहाँ छन् ? ती हिमाल कसले पहिले चढे ? कहिले चढे ? ती हिमाल पहिलो पटक चढ्ने पर्वतारोहीहरु कुन-कुन देशका थिए ? आदिबारे यहाँ छोटोमा चर्चा गरिने छ । विश्वका ती आठहजार मिटरभन्दा माथिका सबै अर्थात् १४ वटै हिमचुचुराहरु एसिया महादेशको हिमालय पर्वतमालामा पश्चिम-पूर्व फैलिएको छ । त्यसमध्ये पनि हिमालयको एकतिहाई भाग नेपालमा पर्छ, जुन कुरो हामी नेपालीहरुका लागि गर्व गर्नलायक हो । हिमालय पर्वतमालाको एकतिहाई भागमै विश्वका अग्ला हिमचुचुरो सगरमाथा अर्थात् चोमोलुङमादेखि लिएर हालसम्मको आठहजार मिटरमध्ये कम उचाईको हिमाल सिसापाङमा (उचाई ८,०१३ मिटर भएको)सम्म रहेका छन् ।
विश्वकै अग्लो हिमचुचुरो सगरमाथा अर्थात् चोमोलुङमा (८,८४८.८६ मिटर) हो भने, यो हिमालको पहिलोपटक आरोहण सन् १९५३ मे २९ मा न्युजील्यान्डका एडमण्ड पर्सिभल हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाबाट भएको थियो ।
त्यस्तै विश्वको दोस्रो अग्लो हिमाल काराकोरम-२ (के-टु) हो । यो हिमालको उचाई ८,६११ मिटर रहेको छ । यो हिमाल पाकिस्तानमा पर्छ । यो हिमाल सन् १९५४ को ३१ जुलाईमा इटालियन आरोहीद्वय एकिले कोम्पाग्नोनी र लिनो लेसडेल्लीले पहिलोपटक सफलतापूर्वक चढेका थिए ।
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा हो । यो नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, भारतको सिक्किम र दार्जिलिङको सीमामा रहेको छ । यसको उचाई ८,५८६ मिटर हो । यो हिमाललाई बेलायतका पर्वतारोहीहरु जर्ज ब्यान्ड र जो ब्राउनले सन् १९५५ मे २५ का दिन पहिलोपटक चढेका थिए ।
विश्वको चौथो अग्लो हिमाल चाहिँ ल्होत्से हो । यसको उचाई ८,५१६ मिटर रहेको छ । यो हिमालको प्रथम आरोहण सन् १९५६, मे १८ मा भएको थियो । स्वीट्जरल्यान्डका पर्वतारोहीहरु फ्रिट्ज लुसिंगार र अर्नेस्ट रेइस्टले पहिलोपटक आरोहण गरेका थिए ।
त्यस्तै विश्वको पाँचौं अग्लो हिमाल मकालु हो । यसको उचाई ८,४६३ मिटर रहेको छ भने सन् १९५५ मे १५ मा जिन कोजी, लियोनल टेरे, जिन फ्रान्का, गुइडो म्याग्नान, जिन बोउभियर, सेर्गीकोप, पियरे लेरोक्सलगायत फ्रेन्च र नेपाली ग्याल्जेन नोर्बु सहितको एक टोलीले नै चढेका थिए ।
त्यस्तै विश्वको छैठौं अग्लो हिमाल चो-ओयु हो । यसको उचाई ८,२०१ मिटर रहेको छ भने सन् १९५४ अक्टोम्बर १९ मा अस्ट्रियन नागरिकद्वय हर्बर्ट टिची र सेप जेक्लर र नेपाली पासाङ दावा (लामा) शेर्पाले पहिलोपटक सफलतापूर्वक आरोहण गरेका थिए ।
धौलागिरी हिमाल विश्वको सातौं अग्लो हिमाल हो । यसको उचाई ८,१६७ मिटर रहेको छ भने सन् १९६० मे १३ का दिन स्वीट्जरल्यान्डका पर्वतारोहीहरु कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर, नेपाली आरोहीद्वय नावाङ शेर्पा र निमा शेर्पाले सफलतापूर्वक आरोहण गरेका थिए ।
त्यस्तै विश्वको आठौं अग्लो हिमाल मनास्लु हो भने, यो हिमालको उचाई ८,१६३ मिटर रहेको छ । मनास्लु हिमालको पहिलो सफल आरोहण सन् १९५६ मे ९ मा जापानका पर्वतारोहीत्रय तोशीमो इमानिशी, किइसिरो कातो र मिनोरु हिगेता तथा नेपाली ग्याल्जेन नोर्बुले गरेका थिए ।
एवं रीतले विश्वको नवौं अग्लो हिमाल नांगा पर्वत हो । यो हिमालको उचाई ८,१२६ मिटर रहेको छ भने, यो हिमाल पाकिस्तानमा रहेको छ । अस्ट्रियन पर्वतारोही हर्मन बुह्लले सन् १९५३, जुलाई ३ मा पहिलोपटक सफलतापूर्वक चढेका थिए ।
त्यस्तै विश्वको १०औं अग्लो हिमाल अन्नपूर्ण-१ (प्रथम) हो । साथै पर्वतारोहणको इतिहासमा सफलतापूर्वक पहिलोपटक चुचुरोमा पुग्न सफल भएको हिमाल पनि यही नै हो । विश्वको १० औं स्थानमा आउने हिमाल भए तापनि यो हिमालको आप्mनै प्रकारको महत्व रहेको छ । यो हिमाल नेपालको अन्नपूर्ण हिमश्रृंखलामा रहेको छ भने यसको उचाई ८,०९१ मिटर रहेको छ । सर्वप्रथम सफलतापूर्वक आरोहण फ्रान्सका पर्वतारोहीद्वय माउरिस हर्जोग र लुइस लाचेनलले गरेका हुन् । उनीहरुले सन् १९५० जुन ३ मा पहिलोपटक आरोहण गरेका थिए ।
विश्वको ११औं अग्लो हिमाल गासेरब्रुम-१ हो । यो हिमाल पनि पाकिस्तानमा रहेको छ । यसको उचाई ८,०८१ मिटर रहेको छ भने यो हिमालको आरोहण सन् १९५८ जुलाई ५ मा अमेरिकन पर्वतारोहीद्वय एन्ड्रयु कोउफम्यान र पिट स्कोइन्ङले गरेका थिए ।
विश्वको १२औं अग्लो हिमाल ब्रोडपिक हो । यो हिमाल पनि पाकिस्तानमै रहेको छ भने यसको उचाई ८,०५१ मिटर हो । यस हिमालको सफल आरोहण सन् १९५७ जुन ९ मा भएको हो । त्यो बेला अस्ट्रियन पर्वतारोहीहरु फ्रिट्ज विन्टरक्टेलजर, मार्कसुक स्मुक, कुर्ट डेइम्बर्ग हर्मन बुलले चढेका थिए । विश्वको १३औं अग्लो हिमालचाहिँ गासेरब्रुम-२ हो । यो हिमाल पनि पाकिस्तानमा नै रहेको छ भने, यसको उचाई ८,०३५ मिटर हो । सन् १९५६ को जुलाई ७ मा जोसेप लार्क, फ्रिट्ज मोर्भल र हान्स विलेन्डपार्टले सफलतापूर्वक चढेका थिए ।
विश्वको १४औं र हालसम्मको आठहजार मिटरको अन्तिम अग्लो हिमाल हो सिसापाङमा । यो हिमालको उचाई ८,०२७ मिटर रहेको छ । यो हिमाल चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको सीमामा रहेको छ । नापजाँच गर्दा र भूगोलको आधारमा यो हिमाल नेपाली भूमिमा पर्छ भन्ने भनाइ रहेको छ । साथै यो हिमालको नेपाली (खस/पर्वते) भाषामा रहेको नाम गोसाईँनाथ हो । यो हिमाल सन् १९६४ मे २ मा १० जना चिनियाँ पर्वतारोहीहरुको जम्बो टोलीले सफलतापूर्वक आरोहण गरेका थिए ।
अग्ला हिमाल
|
कसले पहिले चढे? |
कहिले चढे ? |
कुन देशमा वा कहाँ छन् ? |
उचाई |
सगरमाथा |
एडमण्ड पर्सिभल हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पा |
सन् १९५३ मे २९ |
नेपाल |
८,८४८.८६ मिटर |
काराकोरम-२ |
आरोहीद्वय एकिले कोम्पाग्नोनी र लिनो लेसडेल्ली |
सन् १९५४ को ३१ जुलाई |
पाकिस्तान |
८,६११ मिटर |
कञ्चनजंघा |
जर्ज ब्यान्ड र जो ब्राउनले |
सन् १९५५ मे २५ |
नेपाल |
८,५८६ मिटर |
ल्होत्से |
फ्रिट्ज लुसिंगार र अर्नेस्ट रेइस्टल |
सन् १९५६, मे १८ |
नेपाल |
८,५१६ मिटर |
मकालु |
जिन कोजी, लियोनल टेरे, जिन फ्रान्का, गुइडो म्याग्नान, जिन बोउभियर, सेर्गीकोप, पियरे लेरोक्सलगायत फ्रेन्च र नेपाली ग्याल्जेन नोर्बु |
सन् १९५५ मे १५ |
नेपाल |
८,४६३ मिटर |
चो-ओयु |
हर्बर्ट टिची र सेप जेक्लर र नेपाली पासाङ दावा (लामा) शेर्पा |
सन् १९५४ अक्टोम्बर १९ |
तिब्बत र नेपालको सीमामा |
उचाई ८,२०१ मिटर |
धौलागिरी |
कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर, नेपाली आरोहीद्वय नावाङ शेर्पा र निमा शेर्पा |
सन् १९६० मे १३ |
नेपाल |
८,१६७ मिटर |
मनास्लु |
तोशीमो इमानिशी, किइसिरो कातो र मिनोरु हिगेता तथा नेपाली ग्याल्जेन नोर्बुले |
सन् १९५६ मे ९ |
नेपाल |
उचाई ८,१६३ मिटर |
नांगा पर्वत |
हर्मन बुह्ल |
सन् १९५३, जुलाई ३ |
पाकिस्तान |
८,१२६ मिटर |
अन्नपूर्ण-१ (प्रथम) |
माउरिस हर्जोग र लुइस लाचेनल |
सन् १९५० जुन ३ |
नेपाल |
८,०९१ मिटर |
गासेरब्रुम-१ |
एन्ड्रयु कोउफम्यान र पिट स्कोइन्ङ |
सन् १९५८ जुलाई ५ |
पाकिस्तान |
८,०८१ मिटर |
ब्रोडपिक |
फ्रिट्ज विन्टरक्टेलजर, मार्कसुक स्मुक, कुर्ट डेइम्बर्ग हर्मन बुल |
सन् १९५७ जुन ९ |
पाकिस्तान |
८,०५१ मिटर |
गासेरब्रुम-२ |
जोसेप लार्क, फ्रिट्ज मोर्भल र हान्स विलेन्डपार्ट |
सन् १९५६ जुलाई ७ |
पाकिस्तान |
८,०३५ मिटर |
सिसापाङमा |
१० जना चिनियाँ पर्वतारोहीहरुको जम्बो टोली |
सन् १९६४ मे २ |
तिब्बत र नेपालको सीमामा |
८,०२७ मिटर |
प्रकाशित समय : १८:०८ बजे