nmb bank

गृहपृष्ठ युरोपेली संघले गरिब देशहरुलाई २० करोड खोप दिने

युरोपेली संघले गरिब देशहरुलाई २० करोड खोप दिने

युरोपेली संघले गरिब देशहरुलाई २० करोड खोप दिने

युरोपेली संघले न्यून आय भएका गरिब मुलुकहरुलाई कोरोनाभाइरस विरुद्धको २० करोड खोप सहयोगस्वरुप प्रदान गर्ने भएको छ । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले २० करोड थप खोप गरिब देशहरुलाई प्रदान गर्ने प्रतिवद्धता गरिएको जानकारी दिइन् ।

'गरिब राष्ट्रहरुलाई थप २० करोड खोप उपलब्ध गराउने आज हामीले निर्णय गरेका छौँ,' युरोपेली संसदको बार्षिक बैठकमा उनले भनिन् ।उनीहरुलाई उपलब्ध गराउने भनिएको खोप अर्को वर्ष सन् २०२२ को मध्य सम्ममा उपलब्ध हुनसक्ने उनले जानकारी दिइन् । उनले संघको यो योजनालाई सहयोग गर्न र त्यसका लागि सहयोगको घोषणा गर्न पनि सबैलाई आह्वान गरेकी छन् । गरिब देशहरुलाई यसरी गरिने सहयोग विश्व स्वास्थ्यकै लागि योगदान र लगानीको रुपमा लिनु पर्नेमा समेत उनले जोड दिएकी छन् ।

विश्वका कतिपय देशहरुले अहिलेसम्म पनि कोरोनाभाइरस विरुद्धको खोप पर्याप्त रुपमा पाउन नसक्नु चिन्ताको विषय भएकाले धनी र शक्तिशाली राष्ट्रहरुले योगदान गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित समय : २१:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु