Nepalese Flag २०७८ असोज ३० गते शनिबार   |   October 16, 2021

थप ११ जिल्लामा कांगेसकाे क्रियाशील सदस्यता विवाद समाधान

न्युज कारोबार काठमाडौं भदौ ३०, २०७८       

थप ११ जिल्लामा कांगेसकाे क्रियाशील सदस्यता विवाद समाधान

नेपाली कांग्रेसले थप ११ जिल्लामा क्रियाशील सदस्यता विवाद समाधान गरेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदलले बाँकी रहेका २० जिल्लामध्ये ११ जिल्लाको विवाद समाधान गरेको हो ।

कार्यदलले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, कैलाली, बर्दिया, बाजुरा, मोरङ, महोत्तरी, पर्सा, सिराहा, कपिलवस्तु र काठमाडौंको विवाद टुंग्याएको निर्वाचन समितिका सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए । 'काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, कैलाली, बर्दियालगायतका थप ११ जिल्लाको विवाद टुंगिएको छ । हिजो (मंगलबार) प्याकिङ गरेर राखिएको छ । हामीले बुझेकामात्र छैनौं,’ उनले भने । उनका अनुसार बुधबार विवाद समाधान भएका जिल्लाहरुको सदस्यता नामावली निर्वाचन समितिमा आइपुग्ने छ । उनले बाँकी रहेका २० वटै जिल्लाको विवाद बुधबार नै टुंगिने सम्भावना रहेको पनि जानकारी दिए ।

‘२० वटै जिल्लाको आज सकिन्छ भन्ने कुरा छ । हिजै सक्ने तयारी थियो। केही बाँकी होला,’ उनले भने । उनले बुधबार ३ बजे निर्वाचन समितिको बैठक बस्ने बैठकले विवाद टुंगिएका जिल्लाहरुमा निर्वाचन अधिकृतहरु तोकिने पनि जानकारी दिए । कांग्रेसले यसअघि ५६ जिल्लाको नामावली सार्वजनिक गरेर वडा अधिवेशन सुरु गरिएको थियो ।

सम्बन्धित खबरहरु