nmb bank

गृहपृष्ठ बोटलर्स नेपाल ‘बेस्ट-प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२०’ जित्न सफल

बोटलर्स नेपाल ‘बेस्ट-प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२०’ जित्न सफल

बोटलर्स नेपाल ‘बेस्ट-प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२०’ जित्न सफल

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) ले बोटलर्स नेपाल (तराई) लिमिटेड (बीएनटीएल) लाई जेनेरल सेक्टर (अन्य) श्रेणीअन्तर्गत 'बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) २०२० अवार्ड' बाट सम्मानित गरेको छ । उत्कृष्ट प्रस्तुतीकरण, विस्तृत प्रकटीकरण र आर्थिक वर्ष २०७६/७७ को वार्षिक रिपोर्टको प्रस्तुतिमा उत्कृष्टताका लागि यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो ।

बीएनएललाई गत वर्ष पनि आईसीएएनले त्यही श्रेणीमा उप-विजेताको रुपमा पुरस्कृत गरेको थियो । कर्पोरेट प्रशासन र अनुपालन बोटलर्स नेपाल (तराई) लिमिटेडको डीएनएमा आन्तरिक प्रक्रियाहरु र स्थापित पद्धतिको एक परिणामको रूपमा स्थापित रहेका छन् । उपभोक्ताहरु, आपूर्तिकर्ताहरु, र सेयरधारकहरुसहित सबै सरोकारवालासंग सम्बन्ध बनाइराख्नु निकै महत्वपूर्ण रहेको बीएनएलको विश्वास छ । २०२० को लागि बीपीए अवार्ड कर्पोरेट प्रशासन र अनुपालन मापदण्ड दुबै बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडद्वारा लागू गरिएको प्रमाण हो ।

भाद्र १३, २०७८ मा आईसीएएनले आयोजना गरेको एक समारोहमा यो अवार्ड सम्मानित इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइसीएएन) का अध्यक्ष सीए मदन शर्माले राजीव टन्डन, कन्ट्री फाइनान्स म्यानेजर र अशोक मण्डल, बोटलर्स नेपाल फाइनान्स कन्ट्रोलरलाई प्रदान गरेका छन् । यस अवार्डका बारेमा बोल्दै बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, 'बोटलर्स नेपाल (तराई) लिमिटेड आईक्यानद्वारा सम्मानित हुन पाउँदा निकै गर्वान्भित भएका छौँ । म सम्पूर्ण टीमप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु जसले हाम्रो पेय पदार्थलाई नेपालीको दैनिक जीवनको एक अहम हिस्सा बनाउँदै सही ढंगले व्यापारको सञ्चालन गर्न लागि परेका छन् ।' 

प्रकाशित समय : १६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु