Nepalese Flag २०७८ असोज ३० गते शनिबार   |   October 16, 2021

अन्तर्राष्ट्रिय बिहुँकोट विकास मञ्चद्वारा तीज नृत्य प्रतियोगिता आयोजना

न्युज कारोबार काठमाडौं भदौ १७, २०७८       

अन्तर्राष्ट्रिय बिहुँकोट विकास मञ्चद्वारा तीज नृत्य प्रतियोगिता आयोजना

अन्तर्राष्ट्रिय बिहुँकोट विकास मञ्चले अनलाइन तीज गीत एकल नृत्य प्रतियोगिता आयोजना गरेको छ । ब्रम्हलीन स्वामी परमानन्द स्मृति आपतकालीन राहात कोषको सहयोगार्थ नेपाली दिदीबहिनीहरुको महान् चाड हरितालिका (तीज)को अवसरमा विश्वव्यापी अनलाइन तीज गीत एकल नृत्य प्रतियोगिताको आयोजना गरिएको हो ।

कार्यक्रम सञ्चालन, व्यवस्थापन तथा पुरस्कार वितरण कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नको लागि कार्यक्रम प्रायोजन, सह-प्रायोजन एवं आर्थिक सहयोग गर्न चाहने संघसंस्था, कम्पनी, व्यवसायिक व्यक्तित्वलाइ आयोजकले अपिल गरेको छ ।

प्रतियोगितामा विजेताले ५० हजार जित्नेछन् भने उपविजेताले ३० हजार रूपैयाँ जित्नेछन् । त्यस्तै तृतीयले २० हजार र चतुर्थ र पाँचाैंले १०/१० हजार रूपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित खबरहरु