Nepalese Flag २०७८ असोज ३० गते शनिबार   |   October 16, 2021

मिस वर्ल्ड २०२१ 'ब्यूटी विथ ए पर्पोज' परियोजनामा पुल निर्माणको लागि सहयोग प्रदान

न्युज कारोबार काठमाडौं भदौ ३, २०७८       

मिस वर्ल्ड २०२१ 'ब्यूटी विथ ए पर्पोज' परियोजनामा पुल निर्माणको लागि सहयोग प्रदान

वृज सिमेन्ट इन्टरप्राइजेज प्रालि र पुष्पतारा केडिया सेवा फाउण्डेशनले मिस वर्ल्ड २०२१ 'ब्यूटी विथ ए पर्पोज' परियोजनामा पुल निर्माणको लागि सहयोग गर्ने सहमति भएको छ । यी दुई संस्थाबीच मिस नेपाल २०२० नम्रता श्रेष्ठमार्फत निर्माण हुन लागेको पुलको लागि आवश्यक पर्ने सिमेन्ट सहयोग गर्ने सहमति भएको हो ।

विगत ५ वर्ष देखि मिस नेपाल प्रतियोगिताको प्रायोजकको रूपमा संलग्न हुँदै आइरहको वृज सिमेन्टले मिस नेपाल पेजेन्टसँगको सम्बन्धलाई निरन्तरता दिन पाउँदा खुशी व्यक्त गरेका छन् । वृज सिमेन्टले मिस नेपाल ब्रान्डसँगको सम्बन्धलाइ निरन्तर रुपमा आगाडि बढाउने प्रतिबद्धता जनाएको छ । 'व्यूटी विथ ए पर्पोज’ मिस वर्ल्ड प्रतियोगितामा जितिने सबैभन्दा प्रतिष्ठित उपाधि मानिन्छ । यो उपाधि नेपालले २०१३, २०१८ र २०१९ मा जितिसकेको छ । यस वर्ष नम्रता श्रेष्ठले आफ्नो ’व्यूटी विथ ए पर्पोज’ प्रोजेक्टको लागि धादिङको थोपल खोलामा एउटा ट्रेल पुल बनाउने योजना छनौट गरेकी छन् ।

पुष्पातारा केडिया सेवा फाउन्डेशनले विभिन्न सामाजिक संघ संस्थालगायत विभिन्न क्षेत्रहरुमा आफनो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनाहरुलाई सहायता प्रदान गर्दै आइरहेको छ । पुष्पतारा केडिया फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद र सांस्कृतिक उत्थानको लागि कार्य गर्ने उदेश्यका साथ स्थापना गरिएको नाफारहित सामाजिक संस्थाको रुपमा रहेको छ ।
 

सम्बन्धित खबरहरु