Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

आजकाे माैसम : चार प्रदेशमा भारी वर्षाकाे सम्भावना

न्युज कारोबार काठमाडौं साउन १५, २०७८       

आजकाे माैसम : चार प्रदेशमा भारी वर्षाकाे सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने जानकारी दिएको छ । प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने छ । आज राति प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

अहिले देशभर बदली रही प्रदेश १, बागमती, गण्डकी र सुदूरपाश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको महाशाखाले जानकारी दिएको छ । भोलि देशभर बदली रही धेरै भू-भागमा पानी पर्ने छ । त्यस्तै प्रदेश २, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार शनिबार राति गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने छ ।

आइतबार देशभर बदली रही धेरै भू-भागमा वर्षा हुने छ भने प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा भारी वर्षा हुने छ । आगामी २४ घण्टामा प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने जानकारी दिँदै महाशाखाले पहिरो तथा गेग्रान बहाव एवं नदीनालामा  पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित खबरहरु