Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

न्युज कारोबार काठमाडौं साउन १४, २०७८       

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका पटके फरार प्रतिवादी काठमाडौं मनोहरा नगरपालिका-२ ठेगाना भएका ४६ वर्षीय राम खड्कालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा उच्च अदालत पाटनको गत वैशाख १४ गतेको फैसलाले ९ दिन कैद र ९ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं हात्तीगौंडाबाट फेला पारी पक्राउ गरेको हो ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितहरूलाई झुक्यानमा पारी एनआइसी एसिया बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट उक्त सजाय र जरिवाना भएको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

सम्बन्धित खबरहरु