Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

झापामा कोरोना संक्रमणबाट पाँच जनाको निधन

न्युज कारोबार काठमाडौं साउन १४, २०७८       

झापामा कोरोना संक्रमणबाट पाँच जनाको निधन फाइल तस्बिर

झापामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको ज्यान गएको छ । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन् ।

मृत्यु हुनेमा कमल गाउँपालिकाका १०१ वर्षीय वृद्धसहित सोही पालिकाका ८१ वर्षीय वृद्ध, भद्रपुरका ७० वर्षीय वृद्ध, दमककी ६२ वर्षीया महिला र बुद्धशान्तिकी ५९ वर्षीया महिलाको पनि मृत्यु भएको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ । यससँगै झापामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४४२ पुगेको छ । यसअघि मंगलबार झापामा चार जनाको निधन भएको थियो ।

कोरोनाबाट धेरै ज्यान गुमाउने बिर्तामोडका छन् । त्यहाँ ५८ जनाको मृत्यु भइसकेको छ भने दमक, मेचीनगर, भद्रपुर, बुद्धशान्ति, अर्जुनधारा, शिवसताक्षी, कमलमा संक्रमणबाट निधन हुने धेरै रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईँले बताए । झापामा कोरोना संक्रमितको कुल संख्या २१ हजार ६२० पुगेको छ । (रासस)

सम्बन्धित खबरहरु