Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

१५ अंकले घट्यो नेप्से, गुडविल फाइनान्सको कारोबार रकम उच्च स्थानमा

न्युज कारोबार काठमाडौं साउन १४, २०७८       

१५ अंकले घट्यो नेप्से, गुडविल फाइनान्सको कारोबार रकम उच्च स्थानमा

साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार कारोबार मापक नेप्से परिसूचक १५.११ अंकले घटेर तीन हजार ७९.८३ अंकमा झरेको छ भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४७ अंक घटेर ५७०.८५ अंकमा पुगेको छ ।

आज २१७ कम्पनीको दुई करोड ६० लाख ४० हजार २३ कित्ता सेयर १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँमा किनबेच भएको छ । आज नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ उपसमूहमध्ये दुई कम्पनीको मात्रै सेयर कारोबार सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सेयरमा रताम्ये देखिएको छ ।

होटल तथा पर्यटन र विकास बैंकबाहेकका सबै समूहअन्तर्गतको सेयर ओरालो लागेको छ । बैंकिङ १०.४४, व्यापार ४.४२, जलविद्युत २८.४३, वित्त ५३.८२, निर्जीवन बिमा ६९.५७, उत्पादनमुलक ५३.३, अन्य १२.८२, लघुवित्त४.९७,  जीवन बिमा ८५.५५, सामुहिक लगानी कोष ०.०३ र लगानी समूहअन्तर्गतको सेयर १.३७ अंकले घटेको छ ।

आज सबैभन्दा बढी गुडविल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । प्रतिकित्ता ७९८ रुपैयाँमा किनबेच भएको फाइनान्सको चार लाख १४ हजार ५१३ कित्ता सेयर ३३ करोड २७ लाख ९५ हजार ४९४ रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबरहरु