Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

सिप्रदी ट्रेडिङ र शिखर इन्स्योरेन्सबीच ‘अटो प्लस’ सम्झौता

न्युज कारोबार काठमाडौं साउन १४, २०७८       

सिप्रदी ट्रेडिङ र शिखर इन्स्योरेन्सबीच ‘अटो प्लस’ सम्झौता

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच अटो प्लस सम्झौता भएको छ । सम्झौतापत्रमा सिप्रदी ट्रेडिङका उपसभापति सौरव राज थपलिया र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता टाटा मोटर्सद्वारा उत्पादित गाडीहरु जस्तैः टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रामा लागू हुने बताइएको छ । यस अटो प्लस स्किममा सवारी साधन दर्ता भएको मितिबाट ५ वर्षसम्म लागू हुनेछ । साथै यो स्किम ब्यापक मोटर बिमा पोलिसीमा मात्र लागू हुने सम्झौतापत्रमा जनाइएको छ । जसअन्तर्गत शुन्य ह्रासकट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाको लागि दैनिक भाडादर ३ हजार र टाटा एस÷टाटा इन्ट्राका लागि भाडादर १५ सय रुपैयाँ प्रतिपूर्ति दिनुका साथै नयाँ गाडी प्रतिस्थापन योजना लगायतका फाइदाहरु रहेका छन् ।

यो योजनामा सहभागी हुनका लागि ग्राहकहरुले दुर्घटना भएको अवस्थामा सिप्रदी ट्रेडिङ प्रालिको आफूलाई पायक पर्ने नेपाल अधिराज्यभरिको कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बिमा दावी गर्न सक्नेछन् । अटो प्लस योजनाले टाटा योद्धा, टाटा एस र टाटा इन्ट्राको ग्राहकहरुलाई थप सहज हुने दुवै कम्पनीको दावी छ ।

सम्बन्धित खबरहरु