Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

रिलायन्स लाइफद्वारा २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी

न्युज कारोबार काठमाडौं साउन १४, २०७८       

रिलायन्स लाइफद्वारा २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ । बाँकेको कोहलपुर नगरपालिकाका सर्जन विकको मृत्युपश्चात् कम्पनीको नियमअनुरुप सो दावी भुक्तानी रकम बिमितको इच्छाइएको व्यक्ति मृतककी श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको हो ।

दावी भुक्तानी कार्यक्रममा बिमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमन पौडेल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष तारा चन्द केडिया, सञ्चालक जगदीश कुमार अग्रवाललगायत उपस्थित थिए । कम्पनीले हालसम्म आठ करोड २३ लाख बराबरको दावी रकम भुक्तानी गरिसकेको छ ।

सम्बन्धित खबरहरु