Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

सामसुङको 'ग्यालेक्सी एफ२२' नेपाली बजारमा

न्युज कारोबार काठमाडौं साउन १४, २०७८       

सामसुङको 'ग्यालेक्सी एफ२२' नेपाली बजारमा

स्मार्टफोन ब्राण्ड सामसुङले हालै नेपाली बजारमा Galaxy F22  स्मार्ट फोन प्रस्तुत गरेको छ । #FullOnFun  ले भरिपूर्ण स्मार्ट फोनमा यस सेगमेन्टमा अग्रणी रहेका विभिन्न सेवाहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ । फोनमा 90Hz refresh rate को साथ ६.४ इन्च HD+ sAMOLED display  रहनुको साथै ६००० mAh ब्याट्री र ४८ मेगा पिक्सलको क्वाड क्यामेरा रहेको छ ।

‘नवीनतम आविष्कार तथा सर्वसुलभता बिचमा रहेको ग्यापलाई परिपूर्ति गर्ने हाम्रो प्रतिवद्धताअनुरुप हामीले Galaxy F22  स्मार्टफोनका रुपमा प्रस्तुत गरेका छौं । #FullOnFun  यस फोनले आजका युवा ग्राहकको फराकिलो डिजिटल आवश्यकतालाई सहजै पूरा गर्ने विश्वास लिइएको छ । नयाँ Galaxy F22  को डिजाइन नै आजका जेन जी तथा मिलेनियल्सहरुको कन्टेन्ट कन्जम्जसनलाई आधार मानी डिजाइन गरिएको छ । Galaxy F22 मा सेगमेन्ट लिडिङ फिचरहरु समावेश गरिएको छ, जुन स्मार्ट जेनेरेसनहरुको लागि उपयुक्त हुने छ । यो स्मार्ट युवाहरुका लाइफस्टाइलको लागि उत्तिकै उपयोगी हुनुको साथ अफोर्टेबल स्मार्टफोनसमेत हुने छ,’ सामसुङ मोबाइल नेपालका बिजिनेश हेड प्रणय रत्न स्थापितले भनेका छन् । 

उत्कृष्ट डिस्प्ले 

नयाँ Galaxy F22 मा 90Hz refresh को साथ 6.4″ Super AMOLED Infinity-U स्क्रिन रहेको छ । यो #FullOnFun स्मार्ट फोनले डिजिटल मिडिया savvy Gen Z तथा मिलेनियल्स प्रयोगकर्ताहरुले खोज्दै आएको स्मुथ स्क्रोलिङको जीवन्त अनुभव प्रदान गर्र्दछ । यसबाट आफूलाई मन परेको कन्टेन्ट ‘अन द गो’को अवस्थामा पनि कुनै रोकावट विनै सञ्चालन गर्न सकिन्छ । Galaxy F22 उत्कृष्ट दृश्यावलोकन प्राप्त गर्न सकिन्छ । यसमा ६०० निटस्को ब्राइटनेस मोड उपलब्ध रहेको छ । यसका अतिरिक्त यस फोनमा उपलब्ध भएको Dolby Atmos ले उत्कृष्ट अडियोको साथ सिनेम्याटिक दृश्यावलोकनको मज्जा लिन सकिन्छ ।  

उच्च क्षमताको ब्याट्री तथा कार्यक्षमता 

#FullOnFun Galaxy F22 मा उच्च क्षमताको ६००० mAh को ब्याट्री तथा १५ वाटको USB-C फास्ट चार्जर उपलब्ध रहेको छ । यसले २५ वाट चार्जिङ सुविधालाई सपोर्ट गर्दछ । यसमा भएको शक्तिशाली ब्याट्रीले १३० घण्टा म्युजिक प्ले ब्याक, ४० घण्टा टक टाइम, २५ घण्टा भिडियो प्ले ब्याक तथा २४ घण्टा इन्टरनेट चलाउन सकिन्छ । साथै यसमा Octa-Core Mediatek Helio G80 processor रहेको छ, यसले गर्दा यस फोनले उच्चस्तरीय कार्य क्षमता प्रदर्शन गर्न सक्दछ । ब्राउजिङ गर्दा तथा मल्टिपल एपहरुको प्रयोग गर्दा स्मुथ, मल्टि टास्किङ एवं कम ब्याट्री खपत गर्दछ । 

उच्चस्तरीय क्वाड क्यामेरा 

Galaxy F22 मा बेस्ट इन क्लास True 48MP Quad Camera  राखिएको छ, जसले आजका जेन जी तथा मिलेनियल्सहरुका आवश्यकताहरुलाई सहजै परिपूर्ति गर्न सक्छ । यसले ‘अन द गो’को अवस्थामा पनि आफ्नो अविष्मरणीय पलहरुलाई सहजै कैद गर्न सक्दछ । यसका साथै १२३ डिग्रीको ८ मेगा पिक्सल अल्ट्रा वाइडलेन्सले मानव आँखाले जस्तो देख्दछ, त्यस्तै फोटो कैद गर्ने स्वतन्त्रता प्रदान गर्दछ । त्यसैगरी २ मेगा पिक्सलको माइक्रो लेन्सले उत्कृष्ट क्लोज अप फोटो खिच्न सकिन्छ भने यसमा भएको २ मेगा पिक्सलको डेफ्ट क्यामेराले लाइभ फोकस गरी जीवन्त फोटो खिच्न सकिन्छ । त्यसैगरी १३ मेगा पिक्सलको फ्रन्ट क्यामेराले ब्राइट तथा अझै राम्रो सेल्फी फोटो खिच्न सकिन्छ । क्यामेरा एक्स्पेरियन्सलाई अझै जीवन्त बनाउन यस अघि नभएका विभिन्न मोडहरु जस्तैः Hyper lapse, Slow motion, Food Mode, Pro mode तथा AR zone जस्ता सुविधाहरु रहेका छन् ।

मूल्य, उपलब्धता एवं अफरहरुः

Denim Blue, Denim White तथा Denim Black  जस्ता आकर्षक रंगहरुमा उपलब्ध Galaxy F22  को 4GB + 64GB भेरियन्टलाई २० हजार ४९९ रूपैयाँ तथा 6GB+128GB  भेरियन्टलाई २३ हजार ९९९ रूपैयाँ तोकिएको यो फोन नेपाल अधिराज्यभर रहेका सामसुङ ब्राण्ड सप तथा रिटेल स्टोरहरुमा उपलब्ध रहन कम्पनीले बताएको छ ।

Specifications

Specifications

Galaxy F22

Display

6.4″ HD+ Super AMOLED Display

90Hz refresh rate

Camera

48+8 MP (ultra-wide) 2MP (macro) +2MP (depth);
13MP (Front)

Processor

Mediatek Helio G80

Memory

4GB+64GB; 6GB+128GB

Battery

6000mAh battery, 25W Fast charging support

(with 15W inbox charger)

Colors

Denim Blue, Denim Black, Denim White

सम्बन्धित खबरहरु